निजगढ विमानस्थलका लागि रुख काट्ने प्रक्रिया सुरु

५ मंसिर,काठमाडौँ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य समयमै सक्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । राजधानीमा भएको विमानस्थल निर्माण सम्बन्धि विशेष छलफलमा बोल्दै सरोकारवालाहरुले देशको आर्थिक क्षेत्रको विकास, पर्यटन क्षेत्रको विकासका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण चाँडो सक्नुपर्ने बताएका हुन् ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले काठमाडौंबाट सबै भन्दा नजिकको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडी बढाउन धेरै बनक्षेत्रको प्रयोग नहुने बताए । टाँगिया वनक्षेत्रको पातलो कुल बन क्षेत्रको शून्य दशमलव शून्य तीन प्रतिशत मात्रै रुख कटान हुने बताए । वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको उल्लेख गर्दै उनले रुख कटानका लागि नेपाली सेना र पूननिर्माण प्राधिकरणबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको बताए । वन तथा वातावरण मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरी रुख काट्ने प्रकृया अगाडी बढेको उनले बताए ।

तत्कालिन हवाई विभागका महानिर्देशक विरेन्द्रबहादुर देउजाले नेपाललाई गरिबीको जञ्जालबाट मुक्त गर्न पर्यटन क्षेत्रको विकास आवश्यक रहेको र पर्यटनका लागि निजगढ विमानस्थल बन्नु आवश्यक रहेको बताए । क्याप्टेन विक्रम शाहले निजगढ विमानस्थलमा टर्मिनल भवन, रनवे, पार्कीङ लगायतका संरचना निर्माण गर्न अहिले १९ सय हेक्टर जमिन मात्रै आवश्यक रहेको बताए ।

बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्नुहुने समाजवादी पार्टीका सांसद रामसहाय प्रसाद यादवले विमानस्थल निर्माणका क्रममा कटान हुने रुखको अनुपातमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार वृक्षारोपण गर्नुपर्ने बताए । काठमाडौंबाट सबैभन्दा नजिक, चरे क्षेत्रबाट १५ किलोमिटर र महाभारत क्षेत्रबाट ३५ किलोमिटर दक्षिणमा पर्ने विमानस्थल निर्माणमा कुनै अवरोध नरहेको सरोकारवालाहरुको भनाई छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top