सभामुख महराद्धारा पद तथा गोपनियताको सपथग्रहण

सभामुख महराद्धारा पद तथा गोपनियताको सपथग्रहण

काठमाडौं, फागुन २७
सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख महरालाई आइतबार राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ खुवाएकी हुन् ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, राजनीतिक दलका नेताहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो । माओवादी केन्द्रका नेता महरा शनिबार सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.