संवैधानिक आयोगलाई खर्च गर्ने अधिकारमा स्वतन्त्रता दिन हुँदैन : सरकार

संवैधानिक आयोगलाई खर्च गर्ने अधिकारमा स्वतन्त्रता दिन हुँदैन : सरकार

७ पुस, काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले संवैधानिक आयोगहरुलाई खर्च गर्ने अधिकारमा स्वतन्त्रता दिन नहुने बताएका छन् ।संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा प्रधानमन्त्रीको प्रनिधिको रुपमा उपस्थित भएका मन्त्री ढकालले सबै संवैधानीक निकायको विधयेकमा प्रचलित कानून बमोजिक खर्च गर्न सक्ने प्रावधान राखिएको भन्दै लोकसेवा आयोगको विधेयकमा पनि सोहि व्यवस्था हुनुपर्ने बताए । उनले उक्त व्यवस्था गर्न नसकिए आयोगले आफुखुशी खर्च गर्नेमात्र नभई बजेट पनि आफँै तोक्ने अवस्था आउने बताए ।

बैठकमा सांसद जनार्दन शर्माले लोकसेवा आयोगले सरकार र समितिले दिएका निर्देशनहरु पालना नगरेको बताए । उनले आयोगले निर्देशनहरु नमानेपनि अप्ठ्यारोमा पार्नेगरी कानून निर्माण गर्न नहुने बताए । त्यस्तै सांसद पम्फा भुसालले ‘नेपाल सरकारले आयोगको लागि बजेटमा छुट्याएको रकम प्रचलित कानुन बमोजिक आयोगले खर्च गर्न सक्नेछ’ भन्ने व्यवस्था नै उचित भएको बताए ।

सांसद डिला संग्रौलाले लोक सेवा आयोगको काम कर्तव्य, निष्ठा, प्रतिष्ठा र यसको विश्वसनियतासँगै कार्यभार बढ्नेगरी खर्च सम्बन्धी दफा आएको भन्दै त्यसलाई हटाई प्रशासनिक र आर्थिक स्वायत्वता दिनुपर्ने बताइन् ।

बैठकमा लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगले प्रचलित कानून अनुसार नै खर्च गर्दै आएको अवस्थामा प्रचलित कानून अनुसार भन्ने तोकिएको खण्डमा अर्थमन्त्रालयले हस्तक्षेप गर्नसक्ने बताए । उनले परिक्षा सञ्चालनमा हुने खर्चमा पनि मन्त्रालयको स्विकृति लिनुपर्ने अवस्था आउने र यसले लोकसेवाको काममा ढिलाई हुने बताए । आयोगका अध्यक्ष मैनालीले खर्च सम्बन्धी व्यवस्थामा तोकेरै परिक्षासँग सम्बन्धीत बाहेक अन्य शिर्षकमा खर्च गर्न नपाउने व्यवस्था गर्नु उचित हुने बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.