८ पुस, झापा ।
झापाको दमक नगरपालिका–५ मा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
मंगलबार बिहान साँढे ११ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ९३४३ नम्बरको यात्रु बाहक बसले बाटो क्रस गर्दै गरेकी पैदल यात्री बेलवारी नगरपालिका–११ घर भई धरान बस्दै आएकी ६० बर्षीया धनमाया राईलाई ठक्कर दिँदा गम्भीर घाईते भएकी थिइन् ।
उनलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्कर दिने बस तथा चालकलाई सो कार्यालयले नियन्त्रणमा लिएको छ ।