चीनमा रसिलालाई ट्रेल रेस उपाधि

७ पुस ७६, मंगलबार

८ पुस, काठमाडौं ।
नेपालकी रसिला तामाङले चीनमा सम्पन्न जियाओजी माउन्टेन क्रसिङ कम्पिटिसनको उपाधि जितेकी छिन् । चीनको कुनमिङकमाम गत शनिबार भएको स्पर्धामा रसिलाले निर्धारित ५० किलोमिटरको ट्रेल रेस ८ घन्टा २० मिनेट ४३ सेकेन्डमा पुरा गर्दै उपाधि हात पारेकी हुन् ।

रसिलाकी निकटतम प्रतिद्वन्दी उनी भन्दा १ घन्टा १३ मिनेट पछि थिइन्। २० वर्षीय तामाङले करिव ३ सय ५० जना प्रतिस्पर्धीलाई पछि पारेकी हुन् । ट्रेल रेस सामान्य म्याराथन जस्तो सोझो रेस नभएर हाइअल्टिट्युडको अफ्ठ्यारो ठाउँमा हुने रेस हो। यसमा २ हजार मिटर अल्टिट्युडबाट शुरु भएर ४२०० मिटर अल्टिट्युडमा पुगेर फेरि २ हजार मिटरमै फर्कनुपर्ने हुन्छ । रेसमा पहाड तथा हिउँ भएको ठाउँमा पनि दौडनु पर्ने हुन्छ । धादिङको धुनीबेसीकी रसिला यसअघि एभरेस्ट म्याराथनमा पनि पहिलो भएकी थिइन् ।

प्रतियोगितामा रसिलासँगै गणेशबहादुर ठकुरी, सन्तोषविक्रम विक्रम विष्ट, दुर्गराज बुढा, दामोदर बुढा, इन्द्रकला नेम्बाङले सहभागिता जनाएका थिए । पुरुषतर्फ दुर्गराज बुढा दोस्रो तथा दामोदर बुढा तेस्रो भए । पुरुषतर्फ चीनका याङ लुक फेइले ६ घन्टा ४६ मिनेट ४१ सेकेन्डमा दौड पुरा गर्दै पहिलो स्थान हात पारेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top