आजका प्रमुख अबरहरुः
१.(उपेन्द्रको बर्हिगमन)
संविधान संशोधनका लागि सरकार तयार नभएको भन्दै समाजवादी पार्टी नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरियो / उपप्रधान तथा कानून मन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईद्वारा राजीनामा ।
२.(नक्कली नोटका कारोबारी)
काठमाडौंमा नक्कली नोटको कारोबार गर्ने चार जना बंगलादेशी पक्राउ / एक हजारका १८ थान नेपाली नोट बरामद / पक्राउ परेकाहरुमाथि मुद्रासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान जारी ।
३.(चिनियाँको चर्तिकला)
नेपालमा बसेर स्वदेशमा आर्थिक अपराध गरिरहेका १सय २३ जना चिनियाँमध्ये धेरैजसो जुवा, सट्टेबाजी र अन्य ठगीसम्बन्धी आर्थिक अपराधमा संलग्न रहेको फेला /चिनियाँ प्रहरीको अनुरोधमा पक्राउ परेकाहरुलाई लिन चिनियाँ जहाज आउँने ।
४.(सीमा विवाद स्वीकार)
कालापानी क्षेत्रको सीमा समस्या समाधान गर्न तयार रहेको पत्र भारतले नेपाललाई पठायो / एक पृष्ठको उक्त पत्रमा सीमा समस्या छिट्टै टुंगो लगाउनुपर्छ भन्नेमा भारत सहमत रहेको उल्लेख ।
५.(अनियमितताको आशंका)
गोकर्ण रिसोर्ट र नारायणीहिटी जग्गामा देखिएको अनियमिततामा सरकार गम्भीर नभएको भन्दै विद्यार्थी तथा स्थानीयद्वारा विरोध प्रदर्शन / सरकारको निर्णयविरुद्ध एक घण्टा चक्काजाम ।
६.(मेडिकल काउन्सिललाई पूर्णता)
नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. कृष्ण अधिकारी नियुक्त गर्ने सरकारको निर्णय/ काउन्सिलको रिक्त सदस्यमा डा. हरिहर अवस्थी, डा. सुप्रभात श्रेष्ठ, डा. प्रेनितकुमार पोखरेल, डा. सन्ध्या चापागाई र किशोर विक्रम मल्ल नियुक्त ।
७.(प्रतिपक्ष बाधक)
प्रतिपक्षी सांसदहरुको असहमतिपछि सूचना प्रविधि विधेयक पारित गर्ने विकास समितिको योजना विफल /फरक मत राख्नेले सहमति जनाउन सक्ने आधारहरु पनि नदिने र अडान लिइरहने प्रवृति देखिएकोले सहमतिमा आउन आग्रह ।
८.(शिक्षाका सूचक)
गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन तीनै तहका सरकार सक्रिय हुनुपर्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भनाई / प्रदेश सरकारले स्थानीय तहलाई अधिनस्त राख्न खोजेका कारण गुणस्तरिय शिक्षाको प्रत्याभूत गर्न नसकिएको दाबी ।
९.(निरालाको भाग्य)
सरकारले न्याय परिषद् सदस्यमा पूर्व महान्यायधिवक्ता लक्ष्मीबहादुर निराला खड्कालाई सिफारिस गरेपछि संसदीय सुनुवाई समितिद्वारा सार्वजनिक उजुरी माग / सुनुवाई समितिले अनुमोदन गरेपछि मात्र नियुक्तीका लागि योग्य हुने ।
१०.(नेतृत्वको रडाको)
नेविसंघको केन्द्रीय कार्यसमिति छिटो गठन गरिदिन सभापति शेरबहादुर देउवासँग नेपाल विद्यार्थी संघको माग / नेविसंघको नेतृत्व आफूहरुले पाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको दाबी / शुक्रबारको केन्द्रीय समिति बैठकमा नेविसंघबारे छलफल हुने सभापति देउवाको भनाई ।
११.(आक्रमण भट्टराई)
नेपाल भ्रमण वर्षको सन्दर्भमा विभिन्न ८० वटा संगठनहरुसँग प्रत्यक्ष सम्वाद गर्ने पर्यटनमन्त्री योगेश भट्टराईको भनाई /जनवरी १ मा हुने मार्चपासमा सवैलाई उल्लेखीय सहभागिता जनाउन आग्रह ।
१२.(कामको कदर)
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ चिकित्सक सन्दुक रुईत हेमबहादुर मल्ल सम्मान पुरष्कारबाट सम्मानित हुने / घिसिङले लोडसेडिङ हटाउन र रुईतले आँखा उपचारमा अतुलनीय योगदान गरेको उल्लेख ।
१३.(उदार एन्फा)
नाइट क्लब काण्डमा परेका नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू विमल घर्तीमतगरसहित चारै खेलाडीको सजाय घट्यो /नयाँ निर्णयसँगै चारै खेलाडीले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग खेल्न पाउने ।
१४.(चम्कियो चितवन)
चितवन राइनोज पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश /काठमाडौं चितवनसंग ६० रनले पराजित /भोलीको खेलमा बिराटनगर विजयी भएमा वा रनरेटमा बुटवलसँग हारेमा काठमाण्डौसंग इलिमिनेटर खेल्ने ।
र,
१५.(अशान्त सिरिया)
टर्कीको सीमाक्षेत्र नजिकै सिरियाको उत्तरी सहरमा कार बम विस्फोट हुँदा आठजनाको मृत्यु /आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएन/ विष्फोट कुर्दिस फौजले गराएको टर्किस रक्षा मन्त्रालयको आरोप ।