‘हेडलाइनकारिता’ का कारण पत्रकारीतामा समस्या : गोकुल बास्कोटा

‘हेडलाइनकारिता’ का कारण पत्रकारीतामा समस्या : गोकुल बास्कोटा

८ पुस, काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘हेडलाइनकारिता’ का कारण पत्रकारीता क्षेत्र समस्याग्रस्त बनेको बताएका छन् । विधायन व्यवस्थापन समितिमा भएको मिडिया काउन्सिल विधेयक माथिको छलफलमा बोल्दै मन्त्री बास्कोटाले यस्तो बताएका हुन् ।

मन्त्री बस्कोटाले तथ्य र प्रमाणबनिा समाचार लेख्ने प्रवृति र ‘हेडलाइनकारिताले’ यो क्षेत्र समस्याग्रस्त भएको बताएका हुन । तथ्यबिना लेखिएका समाचारहरुमा पीडित पक्षले आफ्नो कुरा सुधार्ने ठाउँ नपाएकाले विधेयकको आवश्यकता परेको उनले बताए । पीडित पक्षले पनि स्पष्टिकरण दिने ठाउँ समेत नदिने र पुष्टि नभएका समाचार लेख्नेहरुलाई दण्ड जरिवाना दिने व्यवस्था गरिएको बताए ।

विधेयकले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नगरेको बास्कोटाले दावी गरे । बास्कोटाले अरुको सबै कुरा पारदर्शी खोज्नेले आफुलाई पारदर्शी राख्नुपर्ने बताए । ७ लाखप्रति पत्रिका छाप्नका लागि भनेर पेपर ल्याउने तर १ लाख छापेर अरु बजारमा बेच्ने कुरालाई नियन्त्रण गर्न विधेयक आवश्यक भएको उनले बताए । प्रेस काउन्सिलले गरेको वर्गिकरणको सन्दर्भमा धेरैले आपत्ति जनाउने गरेको तर कति प्रति छापियो, कतिले पढे ? भन्ने कुरा अनुगमन गर्न जाँदा लुकाउने प्रवृति रहेको उनले बताए ।

विधेयकमा व्यवस्था गरिएको सजायका विषयमा बास्कोटाले अदालतको न्याय प्रणाली ढिला भएकाले प्रारम्भिक चरणका मुद्धाहरु काउन्सिलबाट नै समाधान गरिनुपर्ने मत राखे । काउन्सिलका पदाधिकारी नियुक्ति र संख्याको विषयमा छलफल गर्न सकिने भन्दै बास्कोटाले समिति पारदर्शी र राम्रो बन्नेमा शंका नगर्न आग्रह गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.