२२ तले धरहराको ३३ प्रतिशत काम सम्पन्न

८ पुस, काठमाडौँ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको निर्माण कार्यको अनुगमन गरी पछिल्लो प्रगतिको अवस्थाबारे जानकारी लिएका छन् । अनुगमनपछि ज्ञवालीले प्राधिकरणले पछिल्लो समय तय गरेको कार्ययोजना अनुसार नै काम भइराखेको बताए । उनले जमिनमुनिको २ वटा बेस र माथिको तीन तलाको काम सकिएको बताए ।

अहिले चौथो तलाको काम भइराखेको समेत उनले बताए । उनले एक महिनामा दुई तलाको काम सम्पन्न गर्नेगरी काम भइराखेको समेत बताए । उनले १५ दिनमा एक तला ढलान गर्दा तल्लो तलाको ढलानको बेस ननिकाल्ने भएकाले धरहरा निर्माणमा गुणस्तरमा कुनै कमी नहुने समेत बताए ।

अनुगमनमा रमण कन्ष्ट्रक्सनका कार्यकारी निर्देशक रमण महतोले धरहराको भैतिक रुपमा ३३ प्रतिशत र वित्तीय रुपमा २२ प्रतिशत काम सम्पन्न भएको बताए । उनले भौतिक रुपमा काम भएपनि भुक्तानी भइनसकेकोले वित्तीय प्रगति कम देखिएको बताए । उनले धरहरा निर्माणको काम तोकिएकै समयमा सक्ने गरी काम भइराखेको जानकारी दिए ।

तीन अर्ब ४८ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्नेगरी सुरुगरिएको पुननिर्माणको कामले पछिल्लो समय तिब्रता पाएको हो । २०७२ साल बैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक धरहरा पुननिर्माणका लागि गत वर्षको पुष महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

अहिले दैनिक १ सय ५० जनाले निर्माणको काम गरिरहेको जानकारी रमण कन्ष्ट्रक्सनले दिएको छ । ४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुनेभएपनि भित्र २२ तलाको हुने र ७२ मिटर उचाइको हुने छ । धरहरामा बगैंचा, संग्राहलय, रंगीन जलफोहरा, प्रदर्शनी हल तथा पार्किङस्थल समेत रहनेछन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top