आज क्रिसमस डे, विविध कार्यक्रम गरी मनाइँदै

८ पुस ७६, बुधबार

९ पुस, विराटनगर ।
आज क्रिसमस डे । डिसेम्बर २५ तारिख इसाई धर्माबलम्बीले चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस मनाउँदैछन् ।

Advertisement

क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा दिएको छ । इशाई धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा क्रिसमस मनाउने गरिन्छ ।

क्रिसमसका अवसरमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

Advertisement

नेपालमा इसाई धर्मको इतिहास चार सय वर्षभन्दा पुरानो रहेको र अहिले नेपालमा १२ हजार ५ सय चर्च रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ । देशका विभिन्न स्थानमा आज विशेष कार्यक्रम गरी यो पर्व मनाइदैछ ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशूको जन्म भएको मानिन्छ । येशूले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत चलाइएको विश्वास गरिन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top