काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव हुँदै

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव हुँदै

१० पुस, काठमाडौँ ।
काठमाडौँमा डिसेम्बर २७ देखि चिनियाँ चलचित्र महोत्सव हुने भएको छ । शुक्रवारदेखि कुमारी हलमा चिनियाँ चलचित्र महोत्सव सुरु हुने नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो ट्विटर अकाउन्टमार्फत बताएकी हुन् । उनले यो सूचना सार्वजनिक गर्दै ट्विटरमा उनलाई फलो गर्न र फलो गर्ने र पोस्टलाई रिट्वीट गर्नेले महोत्सवको टिकट पाउने जानकारी दिएकी छिन् ।

डिसेम्बर २७ देखि काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव साथै उनको पोस्टमा ट्विट र कमेन्ट गर्ने मध्येबाट छानिएका ५ जनाले चिनियाँ चलचित्र महोत्सवको दुई दुई वटा टिकट जित्ने छन् । पुरस्कार जित्नको लागी उक्त पोष्टलाई डिसेम्बर २६ को राती १२ बजेसम्म कमेन्ट र रिट्वीट गर्न सकिने छ । काठमाडौँमा मात्र नभएर महोत्सवमा सहभागी भएका चलचित्रको प्रदर्शन पोखरा र लुम्बिनीमा पनि गरिनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.