सिद्धबाबाका पक्ष र विपक्षमा अदालत परिसरमा प्रर्दशन

११ पुस, सुनसरी ।
अनुयायीबलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी विरुद्धको अदालती प्रकृया सुरु भएको छ । आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मीहरुले जिल्ला अदालत सुनसरी अगाडी प्रदर्शन गरेका छन् ।

सिद्धबाबा विरुद्धको जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीमा थुनछेक बहस सुरु भएसँगै अधिकारकर्मीहरुले बलात्कारीलाई फाँसी दे भन्दै नाराबाजी गरिरहेका छन । त्यस्तै सिद्धबाबाका अनुयायीहरुले पनि राम राम हरे हरेको नारा लगाउँदै प्रर्दशन गरिरहेका छन । सिद्धबाबालाई फसाएको जिकीर गर्दै सर्मथकले र्याली गरेका छन भने धर्मको आँडमा अस्मिता लुट्ने बलात्कारीलाई फाँसी दे भन्दै महिलाहरुले आन्दोलन गरिरहेका छन ।

बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबाविरुद्ध १० वर्ष कैद सजाय माग गर्दै बिहीबार मुद्दा दर्ता भएको थियो। जिल्ला अदालतले बहसपछि उनलाई धरौटीमा हिरा गर्ने वा थुनामा पठाउने निर्णय गर्ने छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता गरेको थियो ।

आफ्नै एक अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई २५ दिनअघि पक्राउ गरेको थियो। २५ दिनसम्म अनुसन्धान गरेर बिहीबार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । गिरी हालसम्म हिरासत नभई अस्पतालमै बसिरहेका थिए । गिरीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ९३० ‘ङ’ अनुसार सजाय माग दाबी गरिएको छ । यस दफा अनुसार १८ वर्ष वा सो भन्दा बढी उमेरका महिलालाई बलात्कार गरेमा ७ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top