छुरा प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

छुरा प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

११ पुस, झापा ।
झापामा श्रीमानको छुरा प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–६ बस्ने ३९ बर्षीया फङके किस्कु मुर्मुको श्रीमानको छुरा प्रहारबाट मृत्यु भएको छ ।

भारतको डिगलबैक पञ्चायत घर भई झापाको शिवसताक्षी नगरपालिका–६ मा रहेको धानको काँटामा काम गरी सोही स्थानमा बस्दै आएका ४० बर्षीय शंकर भन्ने बुधराम मुर्मु र श्रीमती बिच बिहिवार राती ७ बजे घरायशी बिषयमा बादबिबाद भई तनाव पैदा हुँदा श्रीमानले एक्कासी छुरा प्रहार गर्दा श्रीमती गम्भीर घाईते भएकी थिईन्।

घाईते भएकी किस्कुलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र शिवगंज लगिएकोमा उपचारको क्रममा राती मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीलाई छुरा प्रहार गरी हत्या गर्ने बुधरामलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.