दिनदिनै विप्लव एक्लिदै, ४ नेताले मोरङमा गरे आत्मसर्मपण

११ पुस, विराटनगर । विप्लव नेतृत्वको नेकपामा रहेका चार जनाले जिल्ला प्रशासन कार्यालय मोरङमा आत्मसमर्पण गरेका छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा र मानवअधिकारवादी संस्था इन्सेकका सोमराज थापाको रोहबरमा उनीहरुले आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण गर्नेमा मोरङको जनसत्ता प्रमुख रहेका पथरीशनिश्चरे–२ का दिपक आर्चय, मोरङ सचिव रहेका विराटनगर–३ का नवराज नेपाल, पार्टी सदस्य रहेका मिक्लाजुङ–३ का गोविन्द कार्की र जगतबहादुर पुलामि मगर रहेका छन् ।

उनीहरुले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गर्दै बाँकी साधारण नागरिकको हैँसियतले जीवन बिताउन इच्छुक भएको बताएका छन् । उनीहरुले पार्टी विध्वंसात्मक, हिंस्रक र चन्दा आतंक जस्ता गतिविधिमा प्रथामिकता दिई हिंडिरहेकोले आफुहरु गलत बाटोमा हिंडेको महसुस भएकोले पार्टी परित्याग गरेको बताएका छन् ।

उनीहरुले आफूहरु उक्त पार्टीमा कथित राजनितिक परिवर्तनका निम्ति गरेका कार्यले सर्वसाधारणमा डर, त्रास भयभित वातावरणमा जीवन जीउन बाध्य भएकोमा पश्चाताप भएको बताएका छन । तसर्थ अब उप्रान्त उक्त पार्टीको कुनैपनि गतिविधिमा संलग्न नभई पार्टीको साधारण सदस्यता समेत नरहने गरी स्वेच्छाले पार्टी परित्याग गरी कानुनी राज्यलाई अंगिकार गर्ने उल्लेख गरेका छन ।

पछिल्लो समय सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै सुरक्षा निकायले विप्लवका नेता कार्यकर्तालाई निगरानी तथा धड्पकड गर्दै आईरहेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top