१३ पुस, काठमाडौँ ।
नायिका वर्षा सिवाकोटीलाई प्राय सफ्ट अवतारमा बढी देख्न पाइन्छ । तर, वर्षालाई केही समय यता भने हट बन्ने रहर जागेको छ । उनका बेलाबेलामा हट तस्वीर सार्वजनिक हुन्छन् ।
यसपटक भने वर्षा अझै खुलेकी छिन् । वर्षाले सार्वजनिक गरेका केही तस्वीरमा उनी विकिनी अवतारमा देखिएकी छिन् । वर्षाको यी तस्वीरले चर्चा पाइरहेको छ । किनकी, उनका फ्यानले उनलाई यस्तो अवतारमा यसअघि देखेका थिएनन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै एक तस्वीरमा वर्षा लेख्छिन्–‘कहिलेकाही, यो ठिक छ ।’

व्यवसायिक रुपमा चलचित्र सफल नभएपनि उनको हातमा चलचित्रको अभाव भने छैन । वर्षा अहिले चलचित्र ‘चालबाज’मा काम गरिरहेकी छिन् । उनको हातमा अरु केही चलचित्र पनि छन् ।










