×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ताको तयारी, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

भ्रमण वर्षमा पर्यटकलाई छुटै छुट

१३ पुष २०७६

१३ पुस, काठमाडौँ । 
सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ जति नजिकिँदैछ, मुलुकको समग्र पर्यटन क्षेत्रमा नयाँ उत्साह र रौनकता पनि थपिँदै गएको छ । भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन निजी क्षेत्रका पर्यटन व्यवसायी मात्र हैन नेपालमा सङ्गठित तमाम संस्थाले यो अभियानलाई उत्सवकैरुपमा लिएर आफ्ना गतिविधि अघि बढाएको देखिन्छ । कतिपय संस्थाले स्वतःस्फूर्त भ्रमण वर्षको प्रवद्र्धनमा जुटिरहेका छन् । धेरै संस्था सरकारी तथा सार्वजनिक निकायको समन्वय, सहकार्य तथा साझेदारितामा पर्यटन प्रवद्र्धनका काम भइरहेको छ ।

अबको दुई दिनपछि सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । विभिन्न राजनीतिक दलका नेता, व्यावसायिक तथा पेशागत सङ्घ सङ्गठनका प्रतिनिधि, नागरिक समाजलगायतको सहभागिता रहनेछ ।

Advertisement
Advertisement

सोही दिन सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नुहुनेछ । त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने पर्यटन मन्त्रालयले जनाएको छ ।

भ्रमण वर्ष उद्घाटन कार्यक्रममा १० भन्दाबढी देशको पर्यटनमन्त्री तथा विशिष्ट पाहुनाका साथै करिब ४० देशका सञ्चारमाध्यमका प्रतिनिधि पनि सहभागी हुँदैछन् । जहाँ ख्यातिप्राप्त राष्ट्रिय कलाकारको विशेष साङ्गीतिक प्रस्तुति रहनेछ । भ्रमण वर्षलाई सफल तुल्याउन पर्यटन क्षेत्रका अगुवा सङ्गठनले आफ्ना सेवामा विभिन्न छुट अफर घोषणा गरेका छन् ।

होटल एशोसिएसन अफ नेपाल (हान) ले भ्रमण वर्षलाई लक्षित गर्दै आफ्ना सदस्य कम्पनीबाट सबै सेवामा ३० प्रतिशत छुट अफरको घोषणा गरी सम्बन्धित होटललाई अनुरोध गरेको छ । हानका प्रथम उपाध्यक्ष विनायक शाहले भ्रमण वर्षमा विदेशी पाहुनालाई स्तरीय सुविधा उपलब्ध गराउन कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता जनाए ।

हानले सन् २०२० मा २५ लाख पर्यटकलाई धान्नसक्ने क्षमता रहेको जनाएको छ । हानमा आबद्ध पर्यटकीय स्थलदेखि पाँचतारे होलटसम्म गरी करिब दुई हजार होटल आबद्ध छन् । सरकारी तथ्याङ्कअनुसार अहिले ४५ हजार श्यया छन् । यस्तै पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल (टान)ले नेपाल भ्रमण वर्षलाई सफल बनाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमका साथै संस्थामा आबद्ध कम्पनीबाट २० प्रतिशत छुटको व्यवस्था गर्ने घोषणा गरेको छ ।
सरकारले राष्ट्रिय पर्वका रुपमा मनाउन लागेको भ्रमण वर्षले सबै पर्यटन व्यवसायीलाई उत्साहित बनाएको र कार्यक्रमलाई भव्य र सभ्य बनाउन समन्वयतात्मक ढङ्गले आगाडि बढ्ने हानले घोषणा गरेको थियो । टानका अध्यक्ष खुमबहादुर सुवेदीले भ्रमण वर्षभर आफ्ना सदस्य कम्पनीले सञ्चालन गर्ने सबै पदयात्रा प्याकेजमा विदेशी पदयात्रीलाई २० प्रतिशतसम्मको छुटको व्यवस्था गर्न अनुरोध गरिसकेको बताए ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पनि भ्रमण वर्षलाई सफल बनाउन भ्रमण वर्ष अवधिभर पर्यटकलाई १० प्रतिशत छुट दिने भएको छ । नाट्टाका अध्यक्ष सिएन पाण्डेले भ्रमण वर्षलाई सहयोग पु¥याउने उद्देश्यसहित संस्थाले सम्बद्ध ट्राभल एजेन्सीबाट लिने टुर प्याकेजमा पर्यटकलाई १० प्रतिशत छुट दिलाउने घोषणा गरिएको बताए ।

नेपाल एशोसिएसन अफ ¥याप्mटिङ एजेन्सिज (नारा) ले भ्रमण वर्षको अवधिमा १५ प्रतिशत छुटको घोषणा गरिसकेको छ । भ्रमण वर्षमा विदेशी पाहुनालाई आफ्ना सेवामा १५ छुटको अफर दिएको नाराका अध्यक्ष गङ्गाप्रसाद नेपालले जानकारी दिनुभयो । नेपाल पर्वतारोहण सङ्घले पनि आफ्ना क्षेत्रमा विशेष छुट दिने बताएको छ ।

त्यसैगरी घरबास कार्यक्रम ‘होमस्टे’ एशोसिएसनले भ्रमण वर्षमा आउने विदेशी पर्यटकलाई सेवामा २० प्रतिशतसम्म छुट दिने भएको छ । संस्थाका अध्यक्ष केशव बडालले घरबासमा खाना बस्नमा ‘लजिङ फुडिङ’मा २० प्रतिशत छुट दिने निर्णय गरिएको जानकारी दिए ।

देशका ५७ जिल्लामा ६०० भन्दाबढी घरबास सञ्चालनमा रहेका छन् । राष्ट्रिय र अन्तरराष्ट्रियरुपमा नेपालको पर्यटन प्रवद्र्धनमा सशक्त भूमिका निर्वाह गर्दै आएको प्यासिफिक एशिया ट्राभल (पाटा) नेपाल च्याप्टरले भ्रमण वर्षलाई सफल बनाउन अन्तरराष्ट्रिय इभेन्ट गर्दैछ । पाटा नेपालले सन् २०२० को फेब्रुअरीमा नाइस कार्यक्रम (नेपाल भारत चाइना एक्सपो) आयोजना गर्दैछ भने हिमालयन ट्राभल मार्टको चौथो संस्करण पनि गर्नेछ ।

भ्रमण वर्षलाई लक्षित गर्दै प्रवद्र्धनात्मक गतिविधिका साथै पर्यटनमा दक्ष जनशक्ति उत्पादन तथा बजारीकरणलाई संस्थाले प्राथमिकता दिने पाटा नेपालका अध्यक्ष विभूतिचन्द ठाकुरले जानकारी दिए । ठमेल पर्यटन विकास परिषद्ले पनि भ्रमण वर्ष लक्षित विभिन्न कार्यक्रम भर्षैभरि गर्ने जनाएको छ । पर्यटन क्षेत्रमा आबद्ध ४० भन्दाबढी संस्था छन् ।

Advertisement

–सिबी अधिकारी/रासस

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top