त्रिवि उपकुलपतिको कार्यकक्षमा तोडफोड

१३ पुस ७६, आइतबार
Share this
730shares

१३ पुस, काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड भएको छ ।

Advertisement

आइतबार दिउँसो केही विद्यार्थीले उपकुलपतिलाई भेट गर्ने भन्दै कार्यकक्षमा छिरेर उनको कार्यकक्षमा रहेको कुर्सी र टेबल तोडफोड गरेका हुन् । टेबलमा रहेका कागजात छरपस्ट भएको र सिसाको कप फुटेको छ।

उपकुलपति कार्यालयका प्रमुख कमल घिमिरेका अनुसार उपकुलपतिसँग कुरा गर्नुछ भनेर विद्यार्थी आएर कर्मचारीलाई बाहिर जान भने। त्यसको दुई मिनेट पछि झगडाको आवाज आयो र भित्र हेर्दा उपकुलपतिको टेबल, कुर्सी पल्टाएछन्। सिसाको कप फुटाएछन्।’उनले भने ।

Advertisement

उपकुलपतिले आफूखुसी विभिन्न विभाग र क्याम्पसमा तीन महिने नियुक्ति गरेको विषयमा ती विद्यार्थीले असन्तुष्टि जनाएको बुझिएको छ। त्यस विषयमा उपकुलपति बाँस्कोटाले ‘म मिटिङमा छु’ भनेर बोल्न चाहेनन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top