सुडानमा एक शिक्षकको हत्या आरोपमा २९ जनालाई मृत्युदण्ड

१५ पौष, एजेन्सी । अफ्रिकी मुलुक सुडानमा एक शिक्षकको हत्या गरेको आरोपमा २९ जनालाई मृत्यु दण्डको सजाय सुनाइएको छ ।

राष्ट्रपति ओमार अल वशीरविरुद्धको आन्दोलनमा सहभागी भएका बेला पक्राउ परेका ३६ वर्षिय शिक्षक अहमद अल खाहेरलाई हिरासतमा यातना दिइ मारेको अभियोगमा उनीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

Advertisement

शिक्षक हत्याको मुद्दामा सृुनुवाई हुने क्रममा सुडानको उच्च अदालत बाहिर सयौंको संख्यामा सर्वसाधारणको भीड लागेको थियो । राष्ट्रपतिको विरुद्धमा भइरहेको आन्दोलनकै क्रममा शिक्षकको हिरासतमा मृत्यु भएपछि आन्दोलन झन चर्केको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top