भोजपुरमा जिप दुर्घटना, चालकको मृत्यु

भोजपुरमा जिप दुर्घटना, चालकको मृत्यु

१५ पुस, भोजपुर ।
षडानन्द नगरपालिका–१० खोट डाँडामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सुन्ताला बोकेर सुनसरीतर्फ जाने क्रममा को २ च १७९२ नम्म्बरको जिप दुर्घटना हुँदा धरान उपमहानगरपालिका १६ का २७ वर्षीय फुर्वा तामाङको मृत्यु भएको हो ।

चालक तामाङको उपचारका क्रममा मनोकामना अस्पताल तुम्लिङटारमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सहचालक दिलबहादुर मगरको सोही अस्पतालमा उपचार भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.