१५ पुस, काठमाडौँ ।
आज पुुुस १५, गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व धुमधामका साथ भनाइरहेका छन् । नयाँ वर्षलाई स्वागत गर्ने दिनका रुपमा यो पर्व मनाउने गरिन्छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
सोमबार मृग वर्षलाई विदा गरी मुसा वर्षलाई स्वागत गरिएको तमुल्होसार मूलआयोजक समितिले जनाएको छ । तमु ल्होसारको अवशरमा गुरुङ समुदायले राजधानीमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् ।
मंगलबार बिहान नयाँ सडकबाट झाँकीसहित रत्नपार्क, सहिदगेट हुँदै टुंगिखेलसम्म ¥यालीको आयोजना गरिएको थियो । टुंडिखेलमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी समेत सहभागि थिइन् । यसअघि ल्होसारको अवशरमा १३ गतेबाट विभिन्न खेलकुद प्रतियोगिताहरु पनि आयोजना गरिएका थिए ।