क्यान्सरको शल्यक्रिया गर्दा बिरामीको शरीरमा आगो लागेर मृत्यु

१५ पुस २०७६, मंगलबार
Share this
719shares

एजेन्सी, पुस १५ 
रोमानियाको राजधानी बूकरेस्टस्थित फ्लोर्यास्का अस्पतालमा शल्यक्रिया गर्नुअघि आगो लागेर एक बिरामीको मृत्यु भएको छ । आगो लागेर ६६ वर्षीया महिलाको मृत्यु भएको हो ।

Advertisement

शल्यक्रिया गर्नुअघि महिलाको शरीरमा अल्कोहलयुक्त ‘डिसइन्फेक्टेन्ट’ प्रयोग गरिएको थियो । चिकित्सकले विद्युतीय चक्कु प्रयोग गरी शल्यक्रिया गर्दा अल्कोहलले आगो टिप्दा अचेत अवस्थामा राखिएको महिलाको शरीरभरि आगो फैलिएको जनाईएको छ । आगोले शरीरको ४० प्रतिशत भाग जलेको महिलाको अस्पतालमा उपचारकै क्रममा एक सातापछि देहान्त हुन गयो । घटना सार्वजनिक भएपछि छानबीन सुरु गरिएको छ ।

उनलाई ‘प्यान्क्रियाज’को क्यान्सर भएको थियो । डिसेम्बर २२ मा उनको शल्यक्रिया गरिएको थियो ।मृतकका आफन्तले अस्पतालले दुर्घटना मात्रै भएको र विस्तृत विवरण नदिएको रोमानियाका सञ्चारमाध्यमहरुलाई बताए ।

Advertisement

रोमानियाका स्वास्थ्यमन्त्री भिक्टर कोस्टाकले भने सत्य तथ्य पत्ता लगाउन आफू र मन्त्रालय दुवैले सहकार्य गरेको बताए । बीबीसीका अनुसार यूरोपेली राष्ट्र रोमानियामा सरकारले स्वास्थ्य उपचारमा निकै कम खर्चिदै आएको छ । रोमानियामा बाल मृत्यु दर उच्च रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top