नेपाल भ्रमण वर्षमा लाखौं पर्यटकलाई स्वागत गर्न तयार छौंः प्रधानमन्त्री ओली

नेपाल भ्रमण वर्षमा लाखौं पर्यटकलाई स्वागत गर्न तयार छौंः प्रधानमन्त्री ओली

१६ पुस, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सन २०१९ स्थिर राजनीतिक उपलब्धिको वर्ष भएको बताएका छन्। मंगलबार इस्वी संवतको नयाँ वर्ष २०२० को शुभकामना सन्देशमा ओलीले बितेको सन २०१९ नेपालका लागि सुस्थिर राजनीतिक उपलब्धीको वर्ष भएको दाबी गरेका हुन्।

प्रधानमन्त्री ओलीले सन्देशमा उनले २०१९ मा अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाएको दाबी गरेका छन्। ओलीले भनेका छन् ‘यसै वर्ष अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सक्यौं भने दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार गर्‍यौं।ु ।

२०१९ मा पृथकतावादी प्रवृत्तिलाई सधैंका लागि अन्त्य गरेको, भूकम्पपछिको पुनर्निर्माण अन्तिम चरणमा पुगेको, जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजनाहरु सम्पन्न गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ।

निराशाहरुलाई चिर्दै देश विकास, सुशासन र समृद्धितर्फको बहसमा अभ्यस्त हुन थालेको र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रा कदम थप अघि बढेको दाबी शुभकामना सन्देशमा छ।

प्रधानमन्त्रीले भनेका छन् ‘नेपाल पर्यटन वर्षको रुपमा सुरु भएको नयाँ वर्ष २०२० मा स्वदेश र विदेशमा रहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस्,

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.