×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

भारतीय सीमा क्षेत्रमा बेचिन लागेका ९५ महिला तथा बालिकाको उद्धार

१६ पुष २०७६

१६ पुस, विराटनगर । 

माइती नेपाल मोरङले सन् २०१९ को अवधिमा ९५ बालिका तथा महिलालाई भारतीय सीमाक्षेत्रबाट बेचबिखन हुनबाट जोगाएको छ ।‘हामो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त’ नारासहित मोरङ शाखाले ती बालबालिकालाई विराटनगरको सीमावर्ती क्षेत्र रानी तथा भारतीय बजारको रेल स्टेशन र बसपार्कबाट उद्धार गरेको मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

Advertisement
Advertisement

अठार वर्षमुनिका २१ र माथिका ७४ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय रेल्वे प्रहरी, भारतीय प्रहरी र माइती नेपालका कर्मचारीको सहयोगमा उद्धार गरिएको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले जानकारी दिए । यस क्षेत्रबाट उद्धार गरिएकामध्ये भारतसहित नेपालका १८ जिल्लाका बालिका र महिला रहेका छन् ।

यसरी उद्धार गरिएकामध्ये मोरङ, सुनसरी, झापा, उदयपुर, खोटाङ र धनकुटाका अधिकांश महिला रहेको पोखरेलले बताए । यस्तै सो अवधिमा घरेलु हिंसाबाट पीडित १६, करणी भएका तीन, दुईलाई अदालतमा मुद्दा दर्ता, हराएका छ महिला फेला पार्नुका साथै ९५ जनालाई पुनःस्थापना केन्द्रमा राखिएको थियो ।

अप्ठ्यारो गरी हिँड्ने, सिन्दुरपोते लगाइ हिँडने, बोल्दा अकमकाउने, एक्लै हिँड्ने आदिबाट जोखिममा परेका महिला हुनसक्ने भनेर पहिचान गर्न सीमाक्षेत्रमा निगरानी गरिरहेका विगतका पीडित नै माइती नेपालको कर्मचारीलाई सहज भएको संयोजक पोखरेलले भनाइ थियो ।

माइती नेपालले भारतीय बसपार्क र रेल्वे स्टेशनमा सिटमा बसेको अवस्थामा पनि भारतीय प्रहरीको सहयोगमा नेपाली महिलालाई बेचिनबाट जोगाएको छ । नेपाली महिला बेचिएको भारतको कोलकाता, मुम्बई र दिल्लीमा समेत भारतीय प्रहरीको सहयोगमा धेरै महिलालाई उद्धार गरेको उनले जानकारी दिए ।

उद्धार गरिएका महिलालाई विराटनगरस्थित केन्द्रमा राखी घरपरिवारलाई जिम्मा लगाउने अथवा घर नजाने महिलालाई सुनसरीको इटहरीमा रहेको पुनःस्थापना केन्द्रमा आयआर्जनका लागि सीपमूलक तालीम प्रदान गर्ने गरेको छ ।

Advertisement

विसं २०५६ मा स्थापना भएको माइती नेपालको मोरङ शाखाले तीन हजारलाई सीपमूलक तालीम दिनुका साथै सरकारी, निजी क्षेत्र र प्रहरी सेवामा समेत रोजगारी उपलब्ध गराएको संयोजक पोखरेलले बताए । हाल मोरङमा माइती नेपाललगायत एबिसी नेपाल, साना हात, आफन्त नेपाल र विश्व विस्तार सीमाक्षेत्रमा चेलीबेटी रोकथाममा क्रियाशील रहेका छन् ।रासस

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top