राजनीतिमा चासो राख्न बालबालिकालाई प्रधानमन्त्रीको सुझाव

राजनीतिमा चासो राख्न बालबालिकालाई प्रधानमन्त्रीको सुझाव

१६ पुस, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका बालबालिका लक्षित कार्यक्रमहरु प्रभावकारी भएको बताउनु भएको छ । बुधबार काठमाडौमा भएको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने, गरिब र साहाराबिहिन बालबालिकाहरुको अभिभावकत्व लिने कार्यक्रम प्रभावकारी रुपमा अगाडी बढेको उनले बताए । उनले जन्म लिन नै नपाई हुने मृत्यु हुने अवस्था आउन नदिन दुर्गम ठाउँबाट हेलिकप्टरबाट पनि प्रजननकालागि स्वास्थ्य संस्थामा लैजाने गरिएको समेत बताए । योग्य नागरिक उत्पादनकालागि बालबालिकाको शिक्षा, स्वास्थ्यका क्षेत्रमा अघि सारेका योजनाहरुपनि प्रभावकारी भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले जन्मिनु भन्दा पहिले देखी अस्पताल लगेर जन्म दिएमा पुरस्कार दिने जस्ता कार्यक्रमले पनि सरकार बालबालिकाप्रति कति जिम्मेवार छ भन्ने कुरा प्रमाणित हुने बताए । प्रधानमन्त्री ओलीले बालबालिकाहरुले राजनीतिका विषयमा चासो राख्नुपर्ने बताए । विद्यार्थीहरु राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले विद्यार्थीहरु राजनीतिमा आउनुपर्छ भनेर नभनेपनि आफ्नो सामान्य ज्ञानका लागि देशमा के भइरहेको छ । कस्तो भइरहेको छ भन्ने कुरा थाहा पाइराख्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले राजनीतिमा सुधार आएमात्रै देशमा सुधार आउने र राजनीति बिग्रेको अवस्थामा देशको अवस्थामा पनि बिग्रिने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.