१७ पुस, ताइपेई ।
ताइवानमा भएको हेलिकप्टर दुर्घटनामा प्रधानसेनापति शेन यी मिङसहित ८ जनाको मृत्यु भएको छ । बिहीबार बिहान न्यू ताइपेई सहरको पहाडी क्षेत्रमा सैन्य हेलिकप्टर दुर्घटना भएको थियो ।
ताइवान न्यूज डट कमका अनुसार दुर्घटनामा मृत्यु हुनेमा प्रधानसेनापतिसहित उच्च सैनिक अधिकारीहरु रहेका छन् । प्रधानसेनापति शेन ताइवानका वायुसेना प्रमुख पनि हुन्।
हेलिकप्टरमा ३ जना चालकदलका सदस्य र प्रधानसेनापति शेनसहित १० जना उच्च सैनिक अधिकृत सवार थिए। दुर्घटनामा सख्त घाइते भएका ५ जनाको उपचार भइरहेको छ।

