१७ पुस, विराटनगर ।
दुरसंचार प्रदायक एनसेलको रिचार्ज चमत्कार योजनामा सिराहाका जितेन्द्रकुमार कामतीले नगद पुरस्कार १० लाख जितेका छन । सडक दुर्घटनामा परेर विराटनगरको विराट नर्सिङ होममा उपचाररत कामतीले ‘कस्टमर लोयल्टी’ कार्यक्रमअन्र्तगतको एनसेलको रिचार्ज चमत्कार योजनाको १० लाख जितेका हुन् ।
उनलाई चर्चित हास्य कलाकार जितु नेपालले बुधबार उनी उपचारत अस्पतालमा १० लाखको चेक हस्तान्तरण गरेका छन् । उपचार खर्च खाँचो परेको समयमा यो नगद पुरस्कारले राहत दिएको जितेन्द्रका पिता हरि किशोर कामतीले बताए । गत मंसिर १ गते देखि संचालनमा आएको यो योजनाअन्र्तगत विजेताले प्रत्येक हप्ता २ लाख नगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाउदै आएका छन् ।