विप्लवका दुई नेताले मोरङमा गरे आत्मसमर्पण

विप्लवका दुई नेताले मोरङमा गरे आत्मसमर्पण

१७ पुस, विराटनगर ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना जिल्लास्तरका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय मोरङ समक्ष आत्मसमर्पण गरेका छन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसमक्ष मोरङ कानेपोखरी–४ का रामबहादुर माझी र बुद्धीराज माझीले आत्मसमर्पण गरेका हुन् ।

दुवै जना विप्लव नेतृत्वको नेकपामा ५ वर्षदेखि आबद्ध रही मोरङ जिल्लाको सचिवालय सदस्यको भूमिकामा रहेका थिए । ‘पार्टीले गरेको हिंसात्मक गतिविधिमा लागेको विषयमा चित्त नबुझेर पार्टी परित्याग गर्न घोषणा गरेको उनीहरुले उल्लेख गरेका छन । जिल्ला प्रशासन कार्यालयमा बुझाएको पत्रमा उनीहरुले आगामि दिनमा नेपालको संविधान र कानूनलाई शिरोधार्य गरि अगाडि बढ्ने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा मानवअधिकार संजाल १ नम्बर प्रदेशका संयोजक सोमराज थापा, नेकपाका नेता अविनाश मण्डललगायतको रोहबरमा उनीहरुलाई छोडिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.