पेस्तोल र गोलीसहित सुनसरीबाट २ जना पक्राउ

१७ पुस ७६, शुक्रबार

१८ पुस, इटहरी।  सुनसरीको इटहरी उपमहानगरपालिका ८ कदम टोलबाट पेस्तोल र गोली सहित २ जनालाई पक्राउ परेका छन् ।

अबैध हातहतियारको ओसार पसार भईरहेको भन्ने सूचना पाए संगै ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले बिहिवार अपरान्ह हतियारसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मोरङको सुन्दर हरैचानगरपालिका ४ का ३३ बर्षीय जागिर खान र सुनसरीको हरिनगरा गाउँपालिका ७ का ४७ बर्षीय जमिल अंसारी रहेका छन् । को ९ प ७४८६ नम्बरको मोटरसाईकलमा सवार रहेका दुवैजनालाई नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा उनीहरुको साथबाट म्यागजिन सहितको १ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली बरामद भएको थियो ।

Advertisement

हतियार र गोलीसहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top