भ्रमण वर्षले विश्वमा शान्तिको सन्देश दिन्छ ः पर्यटन मन्त्री

भ्रमण वर्षले विश्वमा शान्तिको सन्देश दिन्छ ः पर्यटन मन्त्री

१८ पुस, काठमाडौंमा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल संधै शान्तिको पक्षमा रहेको बताएका छन ।

शुक्रबार काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय च्यान्टिङ सेरेमोनी अफ नेपाल’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल संधै विश्वमा शान्ति कायम होस भन्ने पक्षमा रहेको बताएका हुन । उनले चेन्टिङ सेरेमोनीले अन्तर्राष्ट्रिय एकवद्धता कायम गर्न र शान्ति स्थापना गर्न सहयोग पु¥याउने बताए ।

उनले भ्रमण वर्ष २०२० को जनवरी १ देखि नेपाल भ्रमण वर्ष शुरु भएको अवस्थामा यस्तो कार्याक्रमले विश्वमा शान्तिको सन्देश दिने मात्र नभई नेपालको पर्यटन वर्षको प्रवद्र्धनमा समेत सहयोग पु¥याउने बताए ।

मन्त्री भट्टराईले पर्यटन वर्षको अवसरमा भगवान गौतमवुद्धको जन्मस्थल लुम्बिनिमा सरकारले अन्तर्राट्रिय बौद्ध सम्मेलन गर्ने जानकारी समेत दिए । सम्मेलनले विश्वमा शान्ति स्थापना र लुम्बिनिको प्रवद्र्धनमा सहयोग पु¥याउने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.