२० पुस, पर्सा ।
पर्साबाट नक्कली भारतीय नोटसहित एक जना पक्राउ परेका छन् ।
प्रहरीले पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका–८ स्थित बसपार्कमा रहेको प्याराडाईज होटलबाट २९ वर्षीय रियाज देवानलाई पक्राउ गरेको हो ।
शनिबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले देवानको साथबाट २००० दरका ३ थान गरी ६००० नक्कली भारतीय रुपियाँ बदामद गरेको छ ।
देवानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।