सबै विदेशी सैनिकलाई देश छाड्न इराकको आदेश

२१ पुस, एजेन्सी।
इराकी संसदले सबै विदेशी सैनिकलाई देश छाड्न आदेश दिएको छ ।

शुक्रबार अमेरिकी आक्रमणमा राजधानी बग्दादमा इरानी सैन्य कमान्डर जर्नेल कासिम सुलेमानी मारिएपछि इराकी संसदले यो प्रस्ताव पास गरेको हो ।

इराकमा अहिले ५ हजार अमेरिकी सैनिक रहेका छन्। इराकी संसदले सरकारसँग विदेशी सुरक्षा बललाई इराकी जमिन, हवाई तथा जलक्षेत्रको प्रयोगमा पनि रोक लगाउन निर्देशन दिएको छ।

Advertisement

संसदले इराकी सरकारलाई अमेरिकी सेनाको सबै सहयोग बन्द गर्न पनि निर्देशन दिएको छ। अल अरबियाका अनुसार इराकी संसदको विशेष सत्रमा कामचलाउ प्रधानमन्त्री अब्दुल महदीले चाँडोभन्दा चाँडो इराकमा विदेशी सेनाको उपस्थिति हटाउनुपर्नेमा जोड दिएका थिए।

प्रधानमन्त्री महदीले इराकले भोग्दै आएको आन्तरिक र बाहृय समस्या आफै समाधान गर्ने पनि बताए। इराकी प्रधानमन्त्री महदीले इरानी सैन्य कमान्डर मारिएको घटनालाई राजनीतिक हत्याको संज्ञा पनि दिएका छन्।

Advertisement

इराकले संसदबाट विदेशी सैनिक हटाउने प्रस्ताव पास गरे पनि सजिलै अमेरिकी सैनिक हट्ने भने छैनन्। अमेरिकी सेनालाई हटाउन इाकी संसदमा विधेयक ल्याएर अमेरिकासँगको सम्झौता भंग गर्नुपर्ने छ।

अब्दुल महदीले गत महिनादेखि चलिरहेको सरकारविरोधी प्रदर्शनपछि राजीनामा दिएका थिए। उनी अहिले कामचलाउ प्रधानमन्त्रीका रुपमा रहेका छन्।

इराकमा रहेका अमेरिकी सेनाले इराकी सेनालाई तालिम दिइरहेका छन्। तर इराक सरकारले आफ्नो भूमिमा इरानी सैन्य कमान्डर सुलेमानीको हत्या हुनु आफ्नो सम्प्रुभतामाथि प्रहार भएको प्रतिक्रिया दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top