×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(ठगी गर्दे नेता)
राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य सर्लाही बरहथवाका रामबाबु राय यादव मिटरब्याजमा ऋण दिई ठगी गरेको आरोपमा पक्राउ /यादवविरुद्ध १५ सयजना पीडितको उजुरी ।

Advertisement
Advertisement

२.(न्यायको खोजी)
सर्लाहीका रामबाबु राय र सञ्जय साह रौनियारको ऋण आतंकबाट बन्धक बनेका स्थानीयहरु न्याय खोज्दै काठमाडौ पुगे / ऋण लिएको पैसा भन्दा तीन गुणाबढीको कागज बनाउन लगाउने र घरजग्गा समेत बन्धकी राखेर हडपेको आरोप ।

३.(कसको कुरा पत्याउनु ?)
वि एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन घुस मागिएको वि एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईको खुलासा/ मेडिकल कलेजको सम्बन्धनका लागि निवेदन दिएपछि २० करोड रुपैयाँ घुस मागेको आरोप ।

४.(सत्य नलुकोस्)
वि एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशकसँग आफुले घुस मागेको आरोपको पुस्ट्याई गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको चुनौति /विकृत मनस्थिति भएका व्यक्तिले आरोप लगाएको भन्दै त्यसमा सत्यता नभएको दावी ।

५.(भविष्यमाथि खेलबाड)
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानलाई धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुको दुइदिने अल्टिमेटम /उत्तीर्ण गरेका दुई व्याचका विद्यार्थीहरुलाई मान्यता नदिए भविष्यमाथि खेलवाड गरेको आरोप ।

६.(चिनियाँलाई चाटर्ड)
काठमाडौका विभिन्न ठाउँबाट पक्राउ परेका १ सय २२ चिनियाँ नागरिक सरकारको समन्वयमा दुई चाटर्ड विमानबाट स्वदेश फर्किए / जनही १ हजार जरिवाना तिरेर थुनामुक्त भएका चिनियाँ नागरिकलाई ४ वर्ष नेपाल आउन प्रतिबन्ध ।

७.(पत्रकार कुटिएको प्रकरण)
जनकपुर उपमहानगरपालिकाको कार्यालयमा नगरप्रमुख लालकिशोर साहकै निर्देशनमा सञ्चारकर्मी कुटिएपछि दोषीमाथि कारबाही गर्न माग गर्दै नेपाल पत्रकार महासंघ धनुषाद्धारा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन /माग पूरा गर्न पाँच दिनको अल्टिमेटम ।

८.(सूचना खबरदारी)
सूचनाको हकको पूर्ण प्रत्याभुतिमा प्रतिवद्ध हुन सरकारलाई राष्ट्रिय सूचना आयोगको सुझाव / ‘जस्केला’बाट नागरिकको मौलिक हकलाई कुठाराघात हुने गरि कानून बनाईएको आरोप ।

९.(कर्मको फल)
दाङका व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न मुख्य अभियुक्त टिकाराम घर्तीलाई सल्यान जिल्ला अदालतबाट जन्मकैद सहित १२ वर्ष कैदको फैसला /अन्य ७ जनालाई ९ देखि १६ वर्षसम्मको सजाय ।

१०.(मलद्धारमा सुन)
मलद्वारमा ६ सय ग्राम सुन लुकाई थाई एयरलाइन्स बैंककबाट आएका एक भारतीय नागरिक अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट पक्राउ /डेढ सातामा विमानस्थलबाट ५ किलोभन्दा बढी सुनसहित ६ जना भारतीय नागरिक पक्राउ ।

११.(राजधानी र नामको सकस)
प्रदेश तीनको प्रदेशसभा बैठकमा राजधानी र नामाकरणका विषयमा अध्ययन गर्न गठित सम्भाव्यत अध्ययन विशेष समितिको प्रतिवेदनमाथिको छलफल प्रदेशसभामा जारी / प्रदेशसभाको अर्को बैठक बिहीबार दिउँसो तीन बजे बस्ने ।

१२.(विद्युत फालाफाल)
स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आउँदो असारबाट विद्युत उत्पादन गने / आयोजनाको कुल ६ युनिटमध्ये एउटा युनिटबाट ७६ मेगावाट बिजुली असार महिनाभित्र राष्ट्रिय प्रसारणमा जोडिने ।

१३.(बैकिङ खाका)
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्दो /पुष १ गते यता २७ अर्ब ९६ करोड रुपैयाँले निक्षेपमा वृद्धि /निक्षेप भन्दा कर्जा लगानी झण्डै २ अर्बले बढी रहेको राष्ट्र बैंकको तथ्याङ ।

१४.(ए डिभिजनको दौड)
च्यासल युथ क्लबका कप्तान सन्तोषले लिगमा एक सय गोल पुरा गरेपनि ए डिभिजन लिगअन्तर्गत बुधबारको खेलमा च्यासल नेपाल पुलिस क्लबसँग २–२ को बराबरीमा रोकियो /अर्को खेलमा थ्री स्टार ब्रिगेड ब्वाइज क्लबसंग ३–१ ले विजयी ।

Advertisement

र,
१५.(दुर्घटनामा दुश्मनी)
इरानको तेहरानमा दुर्घटना भएको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाजको ब्ल्याक बक्स जहाज निर्माता कम्पनीलाई इरानले नदिने /१७६ जना सवार जहाज तेहरानमा दुर्घटना/ एअर फ्रान्सले इरानी आकाशमा उडान नगर्ने ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top