सभामुख चयन प्रक्रिया सुरु गर्न कांग्रेसको माग

सभामुख चयन प्रक्रिया सुरु गर्न कांग्रेसको माग

२४ पुस, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गरेका छन् । राष्ट्रियसभाको विहिबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले सभामुख चयनको प्रक्रिया अघि बढ्न नसक्दा राजनैतिक र संबैधानिक प्रश्न उठ्नुको साथै विधायीकाको मानहानी भएको तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।

उनले संबैधानिक व्यवस्था र समग्र लोकतान्त्रिक प्रणाली नै नेकपाका शिर्ष नेताको निरंकुशतावादमा पर्दै गएको आरोप लगाए । उनले संविधान, संंघीय संसद र प्रदेशसभा नियमावलिले देशमा प्रधानमन्त्रीको निर्वाचन, मन्त्रीपरिषद् गठन, प्रदेशसभाको राजधानी र प्रदेशको नामाकरण कसरी हुने भन्ने स्पष्ट रुपमा परिभाषित गरेको भन्दै संविधान र लोकतान्त्रिक प्रणालीलाई आत्मसाथ गर्न सरकारलाई सचेत गराए ।

प्रदेश नक्म्बर ३ को सन्र्दभमा सत्ताधारी पार्टीका एकजना सांसद्ले ‘या त मेरा अगाडि बिष पिउने वा पार्टी छोड्ने अवस्था आईपरेको छ’भनेर वक्तव्य आएको उल्लेख गर्दे उनले संविधानले दिएको अधिकारलाई कुनै पार्टी र पार्टीका शिर्ष नेताले हनन गर्न नमिल्ने तर्क गरे । उनले विधि र प्रक्रिया अनुसार अघि बढ्न सरकार र सत्तारुढ पार्टी नेकपाको ध्यानाकर्षण गराए । उनले जनताको बहुदलिय जनवादको नारा अघि सारेको नेकपालाई सही अर्थमा लोकतन्त्रप्रति प्रतिवद्ध रहेको प्रमाणित गरेर देखाउन आग्रह गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.