२४ पुस, विराटनगर ।
६० प्रतिशतसम्म छुट सुविधासहित पुस १ गतेदेखि विराटनगरको जैन भवनमा सञ्चालन भईरहेको जुत्ता चप्पल मेला अन्तिम चरणमा आईपुग्दा पनि ग्राहकहरुको भीँड अत्याधिक लागेको छ ।
अब ५ दिन अर्थात पुस २९ गतेसम्म चल्ने मेला अन्तिम चरणमा आईपुग्दा ग्राहकहरुको सख्या मेलामा बढ्दै गएको आयोजकले जनाएको छ । फिक्स प्राईज, सस्तो, टिकाउ र खरिदमा १५ देखि ६० प्रतिशतसम्म छुट पाईने भएकोले मेलामा जुत्ता चप्पल किन्न आएको ग्राहकको प्रतिक्रिया छ ।
स्वदेशी जुत्ता चप्पलको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली जुत्ता घरको आयोजनामा सञ्चालन भईरहेको सो मेलामा दैनिक आठ हजारसम्म ग्राहक आउने र मेलाबाट दैनिक ८ देखि १२ लाख सम्मको कारोबार हुदै आएको आयोजकले जनाएको छ । १ करोड ५० लाख रुपैंयाको कारोबार हुन लक्ष्य राखेर सञ्चालन गरिएको मेलाको कारोबार लक्ष्य नजिक पुगेको विराट जुत्ता चप्पल मेलाका बजार प्रमुख तथा बीएफ डियर हिल शुजका प्रवन्धक गोविन्दप्रसाद घिमिरेले बताए ।
उनका अनुसार भर्खरैमात्र निस्किएको मोडलका जुत्ताहरुपनि राखिएकोले पनि मेला बजार भन्दा फरक छ । ३ हजार भन्दा बढी मोडलका जुत्ता चप्पल एकै ठाउँमा राखिएको मेलामा एक सय रुपैयाको चप्पलदेखि १० हजार रुपैँयासम्मको जुत्ता राखिएको छ । मेलामा शिखर सुज, वि।एफ डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक, हाईलाईफु सुज एण्ड स्लिपर ब्राण्डका जुत्ता चप्पलहरु राखिएका छन ।