अमेरिकी तल्लो सदनबाट इरानसँग युद्ध लड्ने ट्रम्पको अधिकारलाई सिमित गर्ने प्रस्ताव पारित

२५ पौष, एजेन्सी । अमेरिकी तल्लो सदन ’हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग युद्ध लड्ने अधिकारलाई सिमित गर्ने प्रस्ताव पास गरेको छ ।

पारित भएको यो प्रस्ताव सांकेतिक मात्र हो तर आक्रमण भइहालेको अवस्थामा भने यसले राष्ट्रपति ट्रम्पलाई रोक्ने छैन । त्यहाँको सदनले यो प्रस्ताव १९४ को विरुद्ध २२४ ले पास गरेको हो ।

तल्लो सदनले पास गरेपनि रिपब्लिकहरुको बहुमत रहेको माथिल्लो सदन सिनेटबाट भने यो तत्काल पास हुने कुनै सम्भावना छैन।

Advertisement

यसैगरी यसले अमेरिकी राष्ट्रपतिको भिटो अधिकारलाई पनि रोक्न सक्दैन । तल्लो सदनबाट पारित भएको प्रस्तावको उदेश्य इरानसँग युद्ध गर्न अनिवार्यरुपमा कंग्रेसको मंजुरी लिनुपर्नेछ भन्ने हो ।

गत शुक्रबार इराकको राजधानी बग्दादमा अमेरिकी ड्रोन हमलामा आफ्ना सर्वोच्च सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले त्यसको बदला स्वरुप बुधबार बग्दादस्थित दुई अमेरिकी आधार क्षेत्रमा एक दर्जन मिसाइल हमला गरेपछि दुबै देशबीच तनाव बढेको सन्दर्भमा यो प्रस्ताव पारित गरिएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top