नेपाल बैंकका शेयरधनीले पाए २३ वर्ष पछि लाभांश

२५ पुस ७६, शनिबार

२५ पुस, काठमाडौँ ।
नेपाल बैंकका शेयरधनीहरुले २३ वर्ष पछि लाभांश पाएका छन् । नेपाल बैंकको शुक्रबार बसेको ६० औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदन गरेपछि लगानीकर्ताले २३ वर्ष पछि लाभांश पाएका हुन् ।

बोनस शेयर पारित भएसँगै नेपाल बैंकाको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २ सय रुपैयाँ पुगेको छ । साधारण सभामा शेयरधनीहरुले बैंकको खराब कर्जा अझै बढी रहेको बताउँदै त्यसलाई घटाउनु ध्यान दिन सुझाव दिएका थिए । बैंकका अध्यक्ष बासुदेव खधिकारीले शेयरधनीहरुको प्रश्नको जवाफ दिदै खराब कर्जा घटाउन प्रयत्न गरिरहेको जानकारी दिए ।

उनले राष्ट्र बैंकले स्प्रेड रेट र बेस रेट घटाउन निर्देशन दिएकाले खुद ब्याज आम्दानी घटेको समेत बताए । त्यस्तै अध्यक्ष अधिकारीले नगद लाभांश वितरण साधारण सभा सकिएको दुई घण्टापछि शुरु हुने र बोनस शेयर छिट्टै नै नेप्सेमा सुचीकरण गराई सम्बन्धित शेयरधनीलाई वितरण गरिने जानकारी दिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top