×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोरङ प्रहरी फेरी सम्मानित; लागुऔषधविरुद्धको अभियान प्रभावकारी बन्दै

२६ पुष २०७६

२६ मंसिर, विराटनगर । विशेष गरी तराईका क्षेत्रमा लागुपदार्थ दुब्र्यशनीमा फस्नेहरुको सख्या बढ्दै गएपछि प्रहरी लगायत सरोकारवाला निकायहरुले यसलाई रोक्न विभिन्न कार्यक्रमहरु संचालन गर्दे आएका छन् ।

प्रहरीको निगरानीपछि लागुऔषधको कारोवार र छिमेकी राष्ट्र भारतको जोगवनीबाट ओसारपसार गर्नेहरु निस्तेज भएका छन । केही महिनाअघिसम्म मोरङका विभिन्न क्षेत्रबाट दिनहँु पक्राउ पर्ने यस्ता ब्यक्तिहरु पछिल्लो समय भेटिन छाडेका छन् । यसका साथै मोरङ प्रहरीले लागुऔषध विरुद्धको अभियान अन्र्तगत सुरु गरेको लागुऔषध विरुद्ध मनोविमर्श तथा जनचेतनाको अभिवृद्धि कार्यक्रम समेत प्रभावकारी भएको पाईएको छ ।

Advertisement
Advertisement

मोरङ प्रहरी यही सफल अभियानका कारण शान्ति युवा समूहद्धारा सम्मानित भएको छ । लागुऔषधविरुद्ध प्रभावकारी अभियानको प्रशंसा गर्दै मोरङ प्रहरीलाई सो समूहले सम्मान गरेको छ । लागुऔषध सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनका साथै प्रहरीले थालेको लागुऔषध विरुद्धको अभियान(Campaign Against Narcotics) ले लागुऔषध विरुद्ध मनोविमर्श तथा जनचेतनाको अभिवृद्धि गरी लागुऔषध सेवन, ओसार पसार र बेचबिखानमा कमी ल्याएको भन्दै मोरङ प्रहरीलाई सम्मान गरेको शान्ति युवा समूहले जनाएको छ ।

शुक्रबार बेलबारीमा आयोजित एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेलले जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीलाई सम्मान पत्र प्रदान गरे । जिसस प्रमुख पोखरेल, शान्ति युवा समूहका अध्यक्ष धिरज श्रेष्ठ, सचिव अजितकुमार धिमाल र कार्यक्रम संयोजक धर्मराज राईले हस्ताक्षर गरेको सम्मानपत्रमा कानुनको प्रभावकारी कार्यान्वयन, समुदाय–प्रहरी साझेदारी कार्यक्रम र लागुऔषध विरुद्धको अभियानद्धारा गरेको पहलकदमी, साझेदारी र उपलब्धीको मुल्यांकन गर्दै प्रगति र कामनाका साथ सम्मान पत्र प्रदान गरिएको जनाईएको छ ।

मोरङ प्रहरीले गत वर्षको साउनदेखि सञ्चालन गरेको लागुऔषध विरुद्धको अभियानमा दैनिक २५ देखि ३० जनालाई सामेल गराउँदै आएको छ । यसबाट ५ हजार बढी लाभान्वित भईसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top