×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती रहने पक्कापक्की

२६ पौष, काठमाडौं । प्रदेश नम्बर–३ को नाम र स्थायी राजधानीको टुङगो आइतबार लाग्ने भएको छ ।

शनिबार बसेको प्रदेशसभाको बैठकले आइतबार बिहान नौ बजे प्रदेश राजधानी र नामका विषयमा मतदान हुने तय गरेको पछि प्रदेश ३ को नाम र राजधानी टुगिन लागेको हो ।

Advertisement
Advertisement

प्रदेश नम्बर–३ को नाम र राजधानीका लागि शनिबार संसदमा भएको छलफलपछि स्थगित बैठक आइतबार बिहान नौ बजेका लागि आह्वान गरिएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले शनिबारको बैठक स्थगित भएको जनाउँदै आइतबार बिहान नौ बजेका लागि आह्वान गरेका छन । नामका विषयमा कुनैपनि दलका सांसदहरु विभाजित भएका छैनन् । तर, प्रदेश राजधानीका पक्षमा साझा र विवेकशील पार्टीका तीन जना सांसदले काभ्रे राजधानीका लागि संसदमा प्रस्ताव दर्ता गराएका छन् ।

यस्तै नेकपा र कांग्रेसले भने हेटौडा राजधानी हुने प्रस्ताव गरेका छन । बहुमत रहेको नेकपा र प्रतिपक्ष रहेको कांग्रेस नै हेटौडाका पक्षमा सहमत भएपछि प्रदेश ३ को राजधानी हेटौडा र नाम बाग्मती हुने पक्कापक्की देखिएको छ ।

संसद सचिवालयले आइतबार बिहान खुल्ला मतदानको व्यवस्था गरेको छ । मतदानपछि प्रदेशको स्थायी राजधानी र नामाकरण हुनेछ । प्रदेश नम्बर ३ मा एक सय १० जना सांसद रहेका छन् । तीमध्ये सबैभन्दा बढी नेकपाको ८० जना सांसद रहेका छन् ।

शनिबारको प्रदेशसभा बैठकमा सत्तारुढ नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँको प्रस्ताव पेश गरेका छन । पौडेलको प्रस्तावमा समर्थक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी सांसद रिता माझी र राप्रपा प्रजातान्त्रीककी सांसद रिना गुरुङले प्रदेशसभा बैठकमा समर्थन जनाएका छन् ।

Advertisement

यस्तै बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको नाम बाग्मती प्रस्ताव पेश गरेका छन् । बानियाँको प्रस्तावमा सत्तारुढ नेकपाका मुख्य सचेतक रामेश्वर फुँयाल, राप्रपाकी सांसद रिता माझी र राप्रपा संयुक्तकी सांसद रिना गुरुङले लगायतका दलका सांसदले समर्थन जनाएका छन ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top