२७ पौष, एजेन्सी । ताइवानको राष्ट्रपतिमा सा इङ वेन दोस्रो कार्यकालका लागि निर्वा्चित भएकी छन् । दुई पटक ताइवानको राष्ट्रपति हुने उनी पहिलो महिला हुन् ।
शनिबार भएको मतदानमा ताइवान स्वतन्त्र मुलुक हुनुपर्छ भन्ने वेनले ५७ प्रतिशत अर्थात् ८२ लाख मत पाएकी छन्। उनका प्रतिष्पर्धी उम्मेदवार हान किओ-यूले ३९ प्रतिशत मत पाए । पराजित यू बेइजिङसँग निकट सम्बन्ध भएका व्यक्ति हुन् ।

चीनले ताइवानलाई आफ्नै भू-भाग भएको दाबी गर्दै आएको छ। यसपालिको चुनाव ताइवानी नागरिकले बेइजिङलाई हेर्ने दृष्टिकोणबारेको जनमत संग्रहजस्तो मानिएको थियो । यो चुनावमा संस्थापनविरोधी वेन भारी मतसहित विजय भएपछि बेइजिङलाई धक्का लागेको विश्लेषकहरूले बताएका छन् ।
वेन राष्ट्रपतिमा दोहोरिएसँगै चीन-ताइवान-अमेरिका सम्बन्धमा पनि जटिलता थपिने उनीहरूको धारणा छ । वेनको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले संसदमा पनि बहुमत पाएको छ । चुनाव जितेपछि वेनले चीनलाई बहिष्कार गर्नुका साथै आफ्नो टापु फिर्ता लिने बताइन् ।
चीनले सन् १९४९मा गृहयुद्ध अन्त्य भएदेखि नै ताइवानमाथि दाबी गर्दै आएको छ । एक चीन नीतिअन्तर्गत ताइवान पनि चीनमा गाभिन पर्ने उसको तर्क छ ।
