दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(मन्त्रीलाई जुत्ता)
प्रदेश २ सरकारका मुख्यमन्त्रीसहित प्रमुख मन्त्रीको तस्वीर अंकित गरिएको ब्यानरमा जुत्ता प्रहारको आरोपमा चार जना पक्राउ /मन्त्रालयले उपभोक्ता समिति मार्फत भौतिक विकास निर्माण कार्य सम्पन्न गरेपनि भुक्तानी नदिएकोमा समिति आक्रोशित ।

२.(मुख्यमन्त्रीको कर्तब्य)
अवैध नदी उत्खननको विरोध गर्दा टिपरले किचेर हत्या गरिएका दिलिप महतोको परिवारलाई मुख्यमन्त्री लालबाबु राउतद्वारा श्रद्वाञ्जली व्यक्त / हत्यामा संलग्नहरुलाई कडा कारवाहीका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने दाबी ।

३.(बाँच्नु पर्छ देखिन्छ)
गायिका आस्था राउतलाई जाँच गर्न विमानस्थलमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठद्वारा आफूमाथि अभद्र व्यवहार गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा राउतविरुद्ध उजुरी/ गायिका राउतमाथि कारबाही हुन सक्ने ।

४.(अर्ब सहयोग)
स्वीस सरकारद्वारा प्रदेश १ सरकारलाई १ अर्ब नेपाली रुपैंया ऋण सहयोग /काठमाडौं बाहिर प्रदेश १ लाई पहिलोपटक अन्तराष्ट्रिय वैदेशिक सहयोग प्राप्त भएको मुख्यमन्त्री राईको भनाई ।

५.(नमागी उपाय छैन)
अहिलेको विकासको बाटोमा नेपालसंग पर्याप्त स्रोत नभएको अर्थमन्त्री युवराज खतिवडाको स्वीकारोक्ति /राजस्वका दायरा सिमित रहेकाले वैदेशिक सहयोगको आवश्क्तामा अर्थमन्त्रीको जोड ।

६.(एमसीसीको बचाउ)
मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) का विरुद्धमा भोजपुरमा विरोध गरिरहेका तीन जना प्रहरीद्वारा पक्राउ / शान्तिपूर्णरुपमा गरिएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधीहरुको गुनासो ।

७.(पर्यटकको मृत्यु)
चितवनमा चिनियाँ पर्यटक बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु /३१ यात्रु घाइते /पोखराबाट सौराहा आउँदै गरेको बा बस ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाई ।

८.(सधैको दुःख)
निरन्तर परेको वर्षाले नारायणगढ मुग्लिन सडकखण्डमा शुक्रबार विहान पहिरो खसेपछि आवतजावतमा समस्या/ पहिरो पन्छाउने काम भइरहेको र सडक एकतर्फी रुपमा सञ्चालन भइरहेको प्रहरीको भनाई ।

९.(हत्याको सजाय)
पत्रकार मनोहर ढकालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत मकवानपुरद्वारा ३९ वर्षको कैद सजाय /लागुऔषध नखान भनेकाले रिस उठेको र मोटरसाइकलबाट धकेलेर हत्या गरी लुटपाट गरेको स्वीकार ।

१०.(स्वीसलाई निजगढ)
निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माणको जिम्मा स्वीजरल्याण्डको ज्युरिच एयरपोर्ट इन्टरनेसनल एजीले पायो / निर्माणका लागि आवेदन दिएका सात कम्पनीमध्ये ज्युरिचले मात्र मापदण्ड पूरा गरेको बोर्डको दाबी ।

११.(कांग्रेसी मोह)
सभामुख चयन प्रकृया चाँडो सुरु गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई नेपाली कांग्रेसको आग्रह/ यहि सदनबाट नै एमसीसी सम्झौता पारित गर्न कांग्रेसको आग्रह ।

१२.(कृषिका कुरा)
विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकतामा कृषिमन्त्री घनश्याम भूसालको जोड / कलेजहरुको शिक्षालाई कृषिकर्मसँग कसरी जोड्न सकिन्छ भन्नेमा समस्या रहेको उल्लेख ।

१३.(ऋणले ज्यान लियो)
बाँकेको कोहलपुर वडा नम्बर १२ का अध्यक्ष कृष्णबहादुर खड्काद्वारा आत्महत्या / भारतको बहराइचको एक होटलमा आत्महत्या गरेका खड्काको सुसाइड नोटमा बैंकको ऋण तिर्न नसकेर आत्महत्या गरेको उल्लेख ।

१४.(झर्याे मछिन्द्र)
कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गर्दा हिमालयन शेर्पा क्लबद्वारा शीर्षस्थानको मछिन्द्र क्लब स्तब्ध /मछिन्द्र शेर्पासंग २–० गोल अन्तरले पराजित ।

र,
१५.(पाकिस्तानको कानुन)
पाकिस्तानमा एक क्रिस्चियन महिलालाई निर्दोष सावित गर्न प्रदर्शनमा सहभागी धार्मिक पार्टीका ८६ सदस्यलाई अदालतले सुनायो सजाय / २०१८ सालमा हिंसात्मक प्रदर्शनमा सहभागी भएका सवैलाई ५५ वर्षको जेल ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top