गायिका आस्था राउतमाथि कारवाही गर्ने प्रहरीको तयारी

३ माघ, काठमाडौं । प्रहरी कर्मचारीलाई बुधबार दुर्व्यवहार गरेको प्रारम्भिक प्रतिवेदनका आधारमा गायिका आस्था राउतमाथि कारबाही हुने भएको छ ।

बुधबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको प्रतिवेदनका आधारमा प्रहरीले राउतमाथि कारबाही गर्ने भएको हो ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले राउत र प्रहरी जवान श्रेष्ठबीच भएको कुराकानीको भिडिओ तथा त्यसबेला रेकर्ड भएको सिसिटिभी फुटेजसमेतको प्रतिवेदन संकलन गरेर महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा पठाएको छ। उक्त प्रतिवेदनमा जवान श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको उल्लेख गरेकी छिन्।

सो प्रतिवेदनको आधारमा राउतमाथि अभद्र व्यवहार गरेको कसूरमा कारबाही गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
प्रहरी जवान श्रेष्ठको दाबी पुगे गायिका राउतमाथि अभद्र व्यवहार कसूरमा मुद्दा अघि बढाउने प्रहरीको तयारी छ।

राउतले अहिलेसम्म कानुनी रूपमा प्रहरीमा कुनै उजुरी गरेकी छैनन्। श्रेष्ठले ड्युटीका बखत गल्ती गरेको भए उनीमाथि पनि आचरण(व्यवहारमा कारबाही हुने पोखरेलले बताए।

यस्तै, राउतले सो घटनालाई लिएर बाहिर ल्याएको भिडिओ पनि प्रहरीले संकलन गरेको छ। सो भिडिओका आधारमा राउतलाई साइबर अपराधसम्मको कसूरमा अनुसन्धान गरिने महानगरीय कार्यालयले जनायो।

ती दुबै भिडिओ अनुसन्धानमा प्रहरी जुटेको छ। दुबै भिडिओ अनुसन्धानपछि आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं वा गौशाला वृत्तलाई जिम्मा लगाउने तयारी रहेको मेट्रोले जनायो।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी रामकृपाल साहका अनुसार माघ १ गते राउत भद्रपुर जाने क्रम यो घटना भएको थियो।कानुनबमोजिम अधिकार प्राप्त सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा राउतले दुर्व्यवहार गरेको देखिएको साहले बताए।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top