खाल्डोको पानीमा डुबेर इटहरीमा बालकको मृत्यु

खाल्डोको पानीमा डुबेर इटहरीमा बालकको मृत्यु

सुनसरी, माघ ०५ गते । सुनसरीको इटहरीमा खेल्ने क्रममा घर नजिकै रहेको पानीको खाल्डामा रहेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका १३ स्थित खनारमा खाल्डोको पानीमा डुबेर २ वर्षे बालकको मृत्यु भएको हो ।

शनिबार मध्यान्न ४ बजेको समयमा मोहम्मद अवु जाहेरीको २ वर्षिय छोरा मोहम्मद रसुदिन मिया आफ्नै घरछेउमा रहेको पानी जमेको खाल्डोमा खेल्नेक्रममा डुबेर घाईते भएका थिए ।

घाईते उनलाई उपचारको लागि बिराट हेल्थ टेक्निकल कलेज बिराटनगर ल्याइएकोमा उपचारको क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.