×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

ए डिभिजन लिगः जावलाखेलद्वारा एपीएफ १-० ले पराजित, शेर्पालाई हराउँदै थ्री स्टार तेस्रो स्थानमा

९ माघ २०७६

९ माघ, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार जावलाखेल युथ क्लबले नेपाल एपीएफ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

खेलको अन्तिम ३० मिनेट १० खेलाडीमा सिमित हुनका बाबजुद जावलाखेलले अग्रता लिँदै जित हासिल गरेको हो । जावलाखेलको जितमा विदेशी फरवार्ड फोडे फोफानाले एकमात्र गोल गरे । उनले ७१ औं मिनेटमा वन टचमा गरेको गोल निर्णायक सावित भएको थियो ।

Advertisement
Advertisement

त्यसअघि खेलको ५७ औं मिनेटमा जावलाखेलका गोलरक्षक टिकेन्द्र थापाले रातो कार्ड पाएका थिए । पेनाल्टी क्षेत्र बाहिर आएर हातले बल समाएपछि रेफ्रिले उनलाई सिधै रातो कार्ड देखाए ।

पछिल्ला दुई खेलमा पराजय भोगेको जावलाखेल यस जितसँगै अंक तालिकामा उकालो लागेको छ । ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंक जोडेको जावलाखेल पाँचौ स्थानमा उक्लिएको छ । एपीएफ भने ८ खेलमा १ जित, २ बराबरी र ५ हारसँगै ५ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा छ ।

यसअघि आजै भएको पहिलो खेलमा रुस्लान थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
दशरथ रंगशालामा बिहीबार भएको पहिलो खेलमा थ्री स्टारले शेर्पामाथि ३-१ को जित हात पार्यो । खेलको छैटौं मिनेटमा लालरमवाको पासमा अनमार्क रहेका सुशील राईले गमेल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । ३० औं मिनेटमा निशान खड्काको क्रसमा एलिउको हेडर गोलरक्षक किशोर गिरीले पञ्च गर्दै बचाए । ३९औं मिनेटमा पासलाई हम्जातले भेटाएपनि अफसाइड ठहरिए ।

पहिलो हाफको ईन्ज्युरी समयमा स्टेफेनले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । लगत्तै इन्ज्युरी समयमा नै सन्जोक राईले गोल गर्दै थ्री स्टारलाई पहिलो हाफमा २(१ को अग्रता दिलाए । संजोकको गोल जारी लिगको १ सयौं गोल पनि हो । लिगमा योगेश गुरुङले मछिन्द्रका लागि ब्रिगेड ब्वाइज विरुद्ध पहिलो खेलमा नै १ सयौं गोल गरेका थिए । लिगको ५१ औं खेलमा १ सयौं गोल सम्भव भएको हो ।

५१औं मिनेटमा हम्जातले गोल गर्दै थ्री स्टारलाई खेलमा ३-१ को अग्रता दिलाए । ६२औं मिनेटमा कप्तान विक्रम लामाको फ्रिकिकमा हम्जातको हेडरमा मिक्छेन तामाङको भलि प्रहारले पोस्टको गति लिन सकेन । ७३औं मिनेटमा शेर्पाका गोलरक्षक किशोर गिरीको मिस पासमा सन्जोक राईले लाल रमवालाई दिएको पासमा उनी अफसाइड ठहरिए ।

यस जितसँगै थ्री स्टार अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ८ खेलमा ४ जित, २ बराबर र २ हार बेहोरेको थ्री स्टारको १४ अंक छ । शीर्षस्थानमा रहेको आर्मी र मछिन्द्रभन्दा टोली २ अंकले पछाडी छ । यता शेर्पा भने ८ खेलमा १ जित, ४ बराबरी र ३ हारसहित ७ अंक जोड्दै ११ औं स्थानमा सिमित छ ।

Advertisement
Advertisement

लिग अन्तर्गत शुक्रबार मनाङ मर्स्याङ्दी क्लब र सरस्वती युवा क्लब खेल्नेछन् । दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र च्यासल युवा क्लब भिड्नेछन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top