×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विद्यालयको जग्गा भूमाफियाले कब्जा गरेको भन्दै विद्यार्थीको विरोध प्रदर्शन

९ माघ २०७६

९ माघ, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर–६ मा विद्यालयको जग्गा भूमाफियाले कब्जा गरेको भन्दै विद्यार्थी विरोध प्रदर्शन गरेका छन् ।

स्थानीय गोविन्द यादवले जनजागृति माध्यमिक विद्यालयले प्रयोग गर्दै आएको जग्गा कब्जा गर्न खोजेपछि विवाद उत्पन्न भएको हो । विद्यालयले भोगचलन गर्दै आएको पर्ती जग्गा दर्ता गर्न खोज्दा स्थानीयले रोकेका थिए । पटकपटक कब्जा गरेर यादवले भवन निमार्ण गर्न खोजेपछि स्थानीयले हटाएका थिए ।

Advertisement

यादवले वडा कार्यालयमा जग्गा दर्ताको सिफारिसका लागि निवेदन दिँदा विवादित जग्गाको सिफारिस दिन नमिल्ने भन्दै वडा कार्यालयले फिर्ता पठाएको थियो ।

जग्गा दर्ता प्रक्रियामा अवरोध पुर्ययाएको भन्दै विद्यालयका प्रधानाध्यापक बाबुराम सुवेदीलाई गोविन्द यादव र उनकी छोरीले हातपात गरेपछि विद्यार्थी र शिक्षक विरोध प्रदशर्नमा उत्रिएको स्थानीय सञ्जय कुसवाहाले बताए ।

वडा नम्बर ६ का विभिन्न स्थानमा प्ले कार्डसहित विद्यार्थीले ‘भूमाफिया मुर्दाबाद’ को नारा लगाएका थिए । वडाध्यक्ष रामहरि उपाध्यायले पाँच कठ्ठा पर्ती जग्गा विद्यालयको भोगचलन भएको भन्दै अन्य व्यक्तिलाई आफूले सिफारिस नदिने बताए ।

Advertisement

‘जहाँबाट दबाब आए पनि विद्यालयको जग्गा व्यक्तिको नाममा दर्ता हुन दिन्नँ,’ उनले भने । प्रधानाध्यापकमाथि हातपात गर्ने गोविन्द र उनकी छोीलाई तत्काल कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top