शुक्रराज शास्त्रीको सम्झना गर्दे सहिद सप्ताह सुरु

शुक्रराज शास्त्रीको सम्झना गर्दे सहिद सप्ताह सुरु

१० माघ, काठमाडौं । आजबाट सहिद सप्ताह सुरु भएको छ । मुलुक र जनताको मुक्तिका लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुको सम्झनामा प्रत्येक वर्ष सहिद सप्ताह मनाउने गरिन्छ ।

माघ १० गतेबाट सुरु हुने सहिद सप्ताहमा शुक्रबार सहिद शुक्रराज शास्त्रीको सम्झनामा विभिन्न कार्यक्रम गरिएको छ । नागरिकको हक हितका लागि लड्दालड्दै वि.स. १९९७ माघ १० गते टेकुको पचलीमा रहेको खरीको बोटमा झुण्डयाएर शास्त्रीको हत्या गरिएको थियो ।

शास्त्रीलाई झुण्ड्याइएको रुख भएको ठाउँमा आज काठमाडौं महानगरपालिकाले श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ । सभामा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।

नेपाल सरकारले सहिद शुक्रराज शास्त्रीको सम्झनामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सञ्चालनमा ल्याएको छ । सहिद सप्ताहमा माघ १३ गते धर्मभक्त माथेमाको सम्झनामा विभिन्न कार्यक्रम आयोजना हुनेछन् ।

माथेमाको १९९७ माघ १५ गते सिफलमा हत्या गरिएको थियो । त्यसैगरी सोही वर्षको माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दको माघ १५ गते शोभा भगवतिमा तत्कालिन राणाशासकहरुले गोली हानेर हत्या गरेका थिए । माघ १६ गतेसम्म विभिन्न कार्यक्रम गरी सहिद सप्ताह मनाइने छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.