×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विद्युत खपत बढाउन १० हजार विद्युतीय चुलोमा अनुदान

११ माघ २०७६

२२ माघ, काठमाडौं ।
सरकारले विद्युत खपत बढाउन अनुदान दिएर १० हजार विद्युतीय चुलो प्रवद्र्धन गर्ने भएको छ । सबै नेपालीमा आधुनिक ऊर्जाको पहुँच पुर्याउने लक्ष्य पूरा गर्न पहिलो चरणमा तराईका जिल्लामा विद्युतीय चुलो प्रवद्र्धन अभियानको थालनी गर्न लागिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गत ७५ हजार घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुर्याई गुईंठा प्रतिस्थापन गर्ने अभियानका क्रममा विद्युतीय चुलो प्रवद्र्धन गरिनेछ । पहिलो वर्ष अनुदान दिएर १० हजार विद्युतीय चुलो प्रवद्र्धन गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताए । राष्ट्रिय विद्युतीय चुलो प्रवद्र्धन अभियान थालनी भएको एक वर्ष पूरा भएको अवसरमा बोल्दै उनले आगामी वर्ष यो संख्या बढाएर १ लाख पुर्याउने बताए ।

Advertisement
Advertisement

उनले उपभोक्तामा जनचेतनाको स्तर बढ्दै गएकाले आयातित ग्यास प्रतिस्थापन गर्न विद्युतीय चुलोको प्रयोग बढ्दै गएको बताए । बढी विद्युत खपत गर्ने उपभोक्ताको महसुल दर कम बनाउन विद्युत महसुल समायोजन गर्ने प्रस्ताव विद्युत नियमन आयोगमा पठाएको उनले बताए । आन्तरिक विद्युत खपत बढाउन उपभोक्ताको हित हुने गरी महसुल समायोजनको प्रस्ताव लगेको उनले बताए ।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले विद्युतको माग र आपूर्ति व्यवस्थापन सहज हुँदै गएकाले सरकारले विद्युत खपत बढाउने नीति लिएको बताए । उनले आन्तरिक विद्युत खपत बढाउनकै लागि विद्युतीय चुलो प्रवद्र्धन गर्ने अभियानको थालनी गरेको बताए ।

‘३ वर्षभित्र प्रणालीमा ५ हजार मेगावाट पुग्दैछ,’उनले भने, ‘आन्तरिक खपत तत्काल बढाउन विद्युतीय चुलोको प्रयोग बढाउनु नै पहिलो विकल्प भएको छ ।’ उनले भन्सार छुटको व्यवस्था गरेर विद्युतीय चुलोको संख्या बढाउनु पर्नेमा जोड दिए ।

Advertisement

आन्तरिक विद्युत खपत बढाउन तथा सन् २०३० भित्र सबै नेपालीमा स्वच्छ ऊर्जाको पहुँच पुर्याउने सरकारी लक्ष्य पूरा गर्न सुरु भएको अभियान अन्तर्गत एक वर्षमा विभिन्न जिल्लामा १ हजार बढी विद्युतीय चुलो वितरण गरिएको छ ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top