आई लिग : सावित्राको गोलमा गोकुलमको विजयी सुरुवात

आई लिग : सावित्राको गोलमा गोकुलमको विजयी सुरुवात

१२ माघ, काठमाडौं ।
महिला भारतीय (आई) लिगमा नेपाली राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारीको गोलमा गोकुलम केरेला एफसीले विजयी सुरुवात गरेको छ । आईतबार श्रीभुमी एफसीलाई १–० ले हराउँदै गोकुलमले विजयी सुरुवात गरेको हो ।

भारतको बैंगलोर रंगशालामा भएको खेलको ६७ औं मिनेटमा सावित्राले गरेको गोल नै निर्णायक बनेको हो । सावित्राको क्लबका लागि यो तेस्रो गोल हो । छनोटको दोस्रो लेगमा गोकुलमले ८–१ को जित हासिल गर्दा सावित्राले २ गोल गरेकी थिइन् ।

आई लिगमा सावित्राको यो दोस्रो सिजन हो । गत सिजन उनले र अनिता बस्नेतले सेथु एफसीबाट खेलेका थिए । सेथुलाई लिग च्याम्पियन बन्दा सावित्राले १५ गोल गरेकी थिइन् ।

यसपटक भने सावित्राले गोकुलम रोज्दा अनिताले सेथुमै निरन्तरता दिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.