मोरङका विभिन्न पालिकामा बडिबिल्डिंगका नयाँ कार्यसमिति गठन

मोरङका विभिन्न पालिकामा बडिबिल्डिंगका नयाँ कार्यसमिति गठन

१२ माघ, बिराटनगर ।
मोरङ बडिबिल्डिंग एण्ड फिटनेश एसोशिएसनको कार्यसमिति पुर्नगठन गरिनुका साथै मोरङका विभिन्न पालिकाहरुमा नयाँ कार्यसमिति गठन गरिएको छ । विराटनगरमा आयोजित कार्यक्रमकाबीच कार्यसमितिहरु गठन गरिएको हो । कार्यक्रमका बीच मोरङ जिल्ला कमिटिका साथै विराटनगर महानगर कमिटि,पथरी शनिश्चरे कमिटि,उलार्बारी कमिटि गठन गरिएको हो ।

मोरङ कमिटिमा अमलेश कर्णको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति पुर्नगठन गरिएको छ । समितिको उपाध्यक्षद्वयमा दीपक शास्त्री र उमेश कार्कीका साथै तृतिय उपाध्यक्षमा गणेश नेपालीलाई चयन गरिएको छ । महासचिब नविन बिक्रम साह,सचिब जितु रजक, कोषाअध्य्क्ष परवेज खान, कोषाअध्यक्ष कोशोर पोखरेल चयन भएका छन । यस्तै मोन्टी पासवानको अध्यक्षतामा १४ सदस्यीय विराटनगर महानगरकमिटि गठन गरिएको छ । नगरसमितीको उपाध्यक्षमा अभिराज मिश्रा, सचिबमा गणेशकुमार साह,सहसचिबमा मोहम्मद मुन्ना खान, कोषाअध्य्क्षमा चन्दन कुमार कर्ण चयन भएका छन् । सदस्यमा दिपक कार्की, दिपक पासवान, राहुल मरिक, आकाश भगत, अरुण साह, कुलदिप मरिक, मनिष खतिवडा, बिश्वास कर्ण चयन भएका छन् ।

यसैगरि गणेश नेपालीको अध्यक्षतामा ६ सदस्यिय पथरीशनिश्चरे कार्यसमिति र ईश्वरलाल उदासको अध्यक्षतामा ११ सदस्यीय उर्लाबारी कार्यसमिति गठन गरिएको छ । गठन गरिएका कार्यसमितिहरुले आआफ्ना पालिकाहरुमा बडिबिल्डीग प्रतियोगिताको आयोजना गर्ने मोरङ अध्यक्ष अमलेश कर्णले जानकारी दिनुभयो ।कार्यक्रममा झापाका अन्तराष्ट्रिय बडिबिल्डमा स्वर्ण पदक विजेता राम दाहाललाई सम्मान गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.