१३ माघ, धनगढी ।
कैलालीको गोदावरी नगरपालिकाका–१० का वडाअध्यक्ष जुवा खालबाट पक्राउ परेका छन् ।
आइतबार राती वडाअध्यक्षसँगै अन्य १५ जनालाई जुवा खेलिरहेको अवस्थामा धनगढी–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल कैलालीले जनाएको छ । जुवा खालबाट २ लाख नगद समेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनिने रविन्द्र शाहीसहितका १६ जनालाई पक्राउ गरेको बस्नेतले जानकारी दिएका छन् ।