ए डिभिजन लिगः एपीएफलाई १-० ले हराउँदै नेपाल पुलिस क्लब विजयी

ए डिभिजन लिगः एपीएफलाई १-० ले हराउँदै नेपाल पुलिस क्लब विजयी

१३ माघ, काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा विभागीय टोली एपीएफलाई हराउँदै अर्काे विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ । सोमबार भएको खेलमा पुलिसले एपीएफ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।

जारी लिगमा पुलिसको यो चौथो जित हो । जसका कारण पुलिस शीर्ष पाँचमा उक्लिएको छ । दशरथ रंगशालामा भएको खेलमा पुलिसले एपीएफमाथि प्रभावशाली खेल खेलेको थियो । उसको जितमा भोला सिलवालको एकमात्र गोल निर्णायक बन्यो ।

यो जितले पुलिसले नौ खेलमा चार जित दुई बराबरी र तीन हारका साथ १४ अंक बनाएको छ । जसका कारण पुलिस शीर्ष पाँचमा पुगेको छ ।एपीएफको लिगमा यो छैटौं हार हो । पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफको मात्र पाँच अंक रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.