बन्चरो प्रहार गरी एक वृद्धाको हत्या

१३ माघ ७६, मंगलबार

१४ माघ, लमजुङ ।
बन्चरो प्रहार गरी लमजुङको सुन्दरबजार नगरपालिका ७, पाउँदीमा एक वृद्धाको हत्या भएको छ ।

उनीमाथि प्रहार भएको बन्चरो घाँटीमा नै रहेको अवस्थामा वृद्धाको शव फेला परेको प्रहरीले जनाएको छ । बेंसीसहर–डुम्रे सडकको पाउँदीनजिकै सडकमुनि मर्स्याङ्दी आधारभूत विद्यालय पछाडि बस्ने ६० वर्षीया एकल महिला सीता भुजेल पोखरेलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटना आइतबारको भए पनि प्रहरीले सोमबार बिहान सवा ११ बजेतिरमात्रै थाहा पाएको थियो। बन्चरो मृतकको घाँटीमै गडेको र बिँड फुक्लिएको अवस्थामा खाटमुनि फेला परेको प्रहरी अनुसन्धानबाट खुलेको छ। रगत छरपस्ट भएको र शव वरपर मकै छरिएको अवस्थामा रहेको र रगत लतपतिएको अवस्थामा शव फेला परेको स्थानीयले बताएका छन्।

निःसन्तान सीता १८ वर्षदेखि पतिसँग छुट्टिएर बस्दै आएकी थिइन्। मर्स्याङ्दी गाउापालिका ९, सिम्पानी माइती भएकी उनले २०–२२ वटासम्म बाख्रापालन गर्दै आएकी थिइन्। पछिल्लो समय पनि उनले १२ वटा बाख्रा पालेकी थिइन्। भाडामा बसेर बाख्रापालन गर्दै आएकी सीताले ८ वर्षअघि आफ्नै घर बनाएर बसेका स्थानीय बताउँछन्।

उनले कानमा लगाएका अन्दाजी अढाई तोला सुनका गहनामध्ये ठूलाठूला रिङ कानबाट चुाडालेको र केही साना रिङमात्रै फेला परेको प्रहरीले बताएको छ। केही दिनअघिमात्रै उनले एउटा खसी २२ हजार रुपैयाामा बिक्री गरेकी थिइन्। त्यो पैसा पनि उनको साथमा नरहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले यी सबै विषयमा अनुसन्धान भइरहेको बताए। घटनाको अनुसन्धान गर्न गण्डकी प्रदेश प्रहरी कार्यालयबाट २ वटा कुकुर झिकाइएको थियो। प्रक्रिया पूरा गरी कुकुरलाई फिर्ता पठाइएको छ।

घटना घटेको जानकारी आएको करिब २४ घण्टासम्म शंकास्पद व्यक्तिलाई सोधपुछबाहेक प्रहरीले कसैलाई नियन्त्रणमा लिन सकेको छैन। जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी रवीन्द्रमान गुरुङले घटना आइतबार रातिको भए पनि वृद्धा एक्लै बसेको र वरपर पनि कोही नहुँदा घटना ढिलामात्रै जानकारीमा आएको बताए।

‘घटना हेर्दा कर्तव्य ज्यान प्रकृतिको हुन सक्छ। हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने। मृतककी आमा नजिकै सहकालेमा भदाको घरमा बस्दै आएको स्थानीयले बताएका छन्। छिमेकी र स्थानीयका अनुसार समय–समयमा उनको साथमा आमा आएर बस्ने गरेकी थिइन्।

मृतकको शव पोस्टमार्टमको लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top